प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थिति बसाल्ने काममा नेकपा एमालेले साथ दिनुपर्ने बताएका छन्। चितवनमा आज आयोजित एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संसदभित्र र बाहिर रहेका दलहरूसँग सहकार्य गर्न चाहेको उल्लेख गरेका थिए। ‘ओलीजीलगायत नेताहरूसँग हामी पनि जेलमा सँगै बसेको हो। सबै कुरा भोगेको हो। हिजो भोगेका कुरा ध्यानमा राखेर भोलिका…