नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दसौं महाधिवेशन चितवनको नारायणी किनारमा सुरू भएको छ। महाधिवेशनको उद्घाटन समारोह अहिले भइरहेको छ। महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओली गर्नेछन्। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गर्ने र शुभकामना दिने छन्। उद्घाटन समारोहमा सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन पुगेका छन्। नेकपा (माओवादी केन्द्र)…