मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको महाधिवेशन उद्घाटन समारोह २ घण्टा चल्‍ने

कांग्रेसको महाधिवेशन उद्घाटन समारोह २ घण्टा चल्‍ने


काठमाडौं- नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोह करिब दुई घण्टा चल्‍ने भएको छ। मंसिर २४ गते दिउँसो १ बजे महाधिवेशन उद्घाटन हुने जनाइएको छ। 

उद्घाटन समारोहमा विभिन्‍न राजनीतिक दलका नेताहरु तथा विदेशी पाहुनाहरु सहभागी हुने भएका छन्। मुख्य राजनीतिक दलका नेता विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

उद्घाटन समारोहमा नेपाली कांग्रेस एप सार्वजनिक हुने जनाइएको छ। त्यसैगरी मतपत्रबाट हुने यो अन्तिम महाधिवेशन हुनेसमेत कांग्रेसले जनाएको छ। 

कार्यक्रम उद्घाटनका लागि भृकुटीमण्डप सजाउने काम भइरहेको छ।