मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसको खातामा १० करोड

कांग्रेसको खातामा १० करोड


काठमाडौं- नेपाली कांग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहको जनाइएको छ। नेपाली कांग्रेसको १३ औं केन्द्रीय समितिको अन्तिम बैठकमा खातामा १० करोड मौज्दात रहेको जनाइएको हो। 

बैठकपछि पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले भने, ‘कांग्रेसको खातामा १० करोड मौज्दात छ।’

त्यसैगरी बिहीबारको बैठकमा पदाधिकारी थप गर्ने प्रस्ताव ल्याउने भनिए पनि रामचन्द्र पौडेल अनुपस्थित भएपछि उक्त प्रस्ताव अघि बढ्न नसकेको हो। सञ्‍चाकर्मीसँग कुरा गर्दै प्रवक्ता शर्माले महाधिवेशन निर्धारित समयमा सम्मन्न गर्ने निर्णय भएको जानकारी दिए। 

उनले अघिल्लो बैठकले निर्णय गरेर नीति र नेतृत्व चयन अलग गर्ने विषयका महाधिवेशनमा प्रस्ताव लैजाने भएकोले अहिले नीतिको सेड्युल नभएको जानकारी दिए। 

उनले भने, ‘बन्दसत्र नै हुने छैन भन्‍नेचाहीँ होइन। बैठकमा पार्टीका दुई लेखासम्बन्धL प्रतिवेदन र नीति अुनसन्धान प्रशिक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी पारित गरिएका छन्। त्यसैगरी बैठकले विधानका धारा बाधा उड्काउ फुकाउ, निलम्बन र परिमार्जन गरेको प्रस्ताव पारित पनि पारित गरिएको छ।’