काठमाडौं । कोभिड १९ विरुद्धको खोप पहिलो पटक बिहीबार ल्याइने भएको छ । बिहीबार बिहान ११ बजे अन्तराष्ट्रिय विमानस्थलमा एउटै उडानमार्फत् १० लाख डोज खोप झारिने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए । खोप भण्डारणका लागि विमानस्थलमा मर्मत गरिएको एउटा र टेकुस्थित ८ वटा कोल्डचेन तयारी अवस्थामा राखिएको छ । केन्द्रीय भण्डारण केन्द्रबाट रेफ्रिजेरेटर…