मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानवीय सहयोग नै रेडक्रसको धर्म हो : संविधान सभा सदस्य कामी

मानवीय सहयोग नै रेडक्रसको धर्म हो : संविधान सभा सदस्य कामी


मंगलसेन ६/७ जनालीवण्डाली उपशाखाको २६ औं सभा सम्पन्न

टेकराज भण्डारी, अछाम : संविधान सभाका सदस्य भैरे कामीले रेडक्रसले मानवीय सहयोगलाई जारी राख्नुपर्ने बताएका छन । नेपाल रेडक्रस सोसाईटी उपशाखा जनालीवण्डालीको २६ औं उपशाखा सभामा प्रमुख अतिथिको आशनबाट बोल्दै संविधान सभा सदस्य कामीले सबैले रेडक्रसको मूल्य र मान्यता अनुसार अघि बढ्नुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा जनालीवण्डालीका सभापति राजेश्वर भण्डारीको सभापतित्वमा भएको सभामा प्रमुख अतिथि कामीले उपशाखाले विगतमा उदाहरणीय काम गरेकाले यसलाई निरन्तरता दिन जरुरी रहेको र यसका लागि सबैले सक्रिय भएर लाग्नुपर्ने औँल्याए ।

सभामा बिशिस्ट अतिथि नेपाली कांग्रेस जिल्ला सचिव तथा तत्कालीन जनालीवण्डाली गाविसका पूर्व अध्यक्ष नम बहादुर शाहीले सेवाभावका साथ सधैं अग्रसर हुने रेडक्रसले अहिलेको अवस्थामा थुप्रै काम गर्न सक्ने बताए ।

बिशिष्ट अतिथि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कोषाध्यक्ष टेक बहादुर शाहले अब रेडक्रस संघीय संरचना अनुसार जाने जानकारी गराउँदै वडा तहमा पनि केही संरचना आवश्यक हुने बताए । नयाँ विधान अनुसार पालिका स्तरीय रेडक्रसका उपशाखा रहने उहाँले बताए ।

कार्यक्रममा मंगलसैन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारीले पालिका स्तरमा उपशाखा गठन भए पनि वडा तहमै रेडक्रसका संरचना रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सिद्धराज ढुंगाना, नगर सदस्य भावना विक, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटी सदस्य टंक प्रसाद भण्डारी, नेपाली कांग्रेस जिल्ला सदस्य लाल बहादुर विष्ट, नगर सभापति पुष्पराज भण्डारी, गंगा माविका सहायक प्रधानाध्यापक सेतिराम भण्डारी, कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक तथा उपशाखाका पूर्व सभापति भुमिराज जैसी, मनकामना आभारभूत विद्यालयका नगेन्द्र प्रसाद भण्डारी, स्वास्थ्य चौकी जनालीवण्डालीका कृष्ण प्रसाद जैसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उपशाखाका उपसभापति शान्ति शाहीले स्वागत गर्नुभएको सभामा रेडक्रसका संस्थापक महामानव जाँ. हेनरी ड्युनाको फोटोमा माल्यार्पण गरिएको थियो ।

उपशाखा सभापति राजेश्वर भण्डारीले समसामयिक प्रतिवेदन प्रस्तुत गर्दै हाल उपशाखामा ७३ जना आजिवन सदस्य, आफ्नै ४ कोठे भवन, ५ कित्ता जग्गा रहेको र विभिन्न २१ जना प्रकोप पीडितका लागि सिफारिस गरिएको जानकारी गराएका थिए ।

सभामा समसामयिक प्रतिवेदन तथा आर्थिक तथा प्रतिवेदन पारित गर्नुका साथै आजिवन सदस्यता विस्तार गर्ने, भवनको मर्मत सम्भार गर्ने, विभिन्न निकायसंग सहयोग माग गर्ने लगायतका प्रस्तावमा छलफल गर्दै पारित गरिएको छ । कार्यक्रमको संचालन उपशाखाका सचिव टेकराज भण्डारीले गरेका थिए ।