मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँका सुत्केरी महिलालाई नगर उपप्रमुखको कोसेली

गाउँका सुत्केरी महिलालाई नगर उपप्रमुखको कोसेली


अछाम : सुत्केरी संग उपप्रमुख पोषण कोसेलि सहयोग बितरण कार्यक्रम कमलबजार नगरपालिका वडा न. ४ चाल्सा र वडा न. ५ कुुइकामा सम्पन्न भएको छ ।

महिलाहरु सुत्केरी भएका बेला पोष्टीकतत्वको एकदमै आवश्यकता पर्ने भएकाले पोषण खाने कुरामा बानि पार्नका लागि यो कार्यक्रमको संचालन गरीएको कमलबजार नगरपालिका उपप्रमुख भुुमिसरण ढकाल बजगाइले बताइन ।

कमलबजार नगरपालिकाको आयोजनामा भएको सुतकेरी सुंग उपप्रमुख पोषण कोसेलि सहयोग बितरण कार्यक्रममा चाल्सामा २० जना र कुुइकामा २२ जना सुत्केरीलाइ १ किलो घिउ, ३० ओटा अण्डा र एक एक झोला बितरण गरीएको छ ।

कोसेलि बितरण कार्यक्रममा कमलबजार नगरपालिका नगर उपप्रमुख भुमिसरण ढकाल बजगाइ, नि. प्रमुख प्रसासकिय अधिकृत खडग बहादुर बिष्ट, स्वास्थ्य साखा प्रमुख चक्र बहादुर बिष्ट, पोषण साखा प्रमुख पबित्रा भण्डारी, रेडियो कमलबजारका स्टेशन मेनेजर अमर धामि लगायत स्वास्थ्य कर्मि जनप्रतिनिधि पाटि प्रतिनिधि हरुको सहभागिता रहेको थियो ।

कोसेलि बितरण कार्यक्रम वडा न.४ चाल्सा मा वडा अध्यक्ष ललित ढोलि र वडा न.५ कुुइकामा वडा अध्यक्ष नन्द सिह चलाउनेले अध्यक्षता भएको थियो । आफुुले पाएको कोसेलि ग्रहण गर्दै सुतकेरी महिलाले आगामि दिनहरुमा पनि निरन्तरता दिन नगरपालिका संग आग्रह गरेकी थिइन ।