मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घण्टामा १५७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

२४ घण्टामा १५७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु


काठमाडौं । पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार २५ पुगेको छ । 

गत चौबीस घण्टामा ३ हजार २२१ जनाको पीसीआर परीक्षण गरिएकोमा १५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ । 

चौबीस घण्टामा ३३३ जना संक्रमणमुक्त भएका छन् । कोरोना मुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

हालसम्म क्वारेन्टिनमा १११ जना छन् भने आइसोलेसनमा ३ हजार २२२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।