मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हानले भन्यो ‘प्राविधिक तहको विज्ञापन स्वास्थ्य सेवा ऐन विपरीत’

हानले भन्यो ‘प्राविधिक तहको विज्ञापन स्वास्थ्य सेवा ऐन विपरीत’


काठमाडौं- लोकसेवा आयोग बागमती प्रदेशले खुलाएको प्राविधिक तहको विज्ञापन स्वास्थ्य सेवा ऐन विपरीत रहेको भन्दै हेल्थ असिस्टेन्ट संघ नेपालले ध्यानाकर्षण गराएको छ।

आयोगले पुस १३ गते प्रकाशित गरेको प्राविधिक स्वास्थ्य सेवा तर्फको पाँचौ तहको खुला तथा समावेशी तर्फको विज्ञापनमा भएको पद र पदका लागि चाहिने न्युनतम शैक्षिक योग्यता कानुनअनुसार नभएको संघले जनाएको हो।

संघले प्रेस विज्ञप्ती जारी गर्दै प्राविधिक स्वास्थ्य सेवा तर्फको पाँचौ तहको खुला तथा समावेशी तर्फको विज्ञापनमा  सिअनमी समूह, क.न./ प.हे.न र सिअहेब, हेई समूहको पद र पदका लागि चाहिने न्युनतम शैक्षिक योग्यता कानुन सम्वत नभई त्रुटीपूर्ण भएको जनाएको छ।

संघले देश संघियतामा गई तीन तहको सरकार संचालन भइरहेको र प्रदेश लोकसेवा आयोगले विज्ञापन गर्दा छुट्टै प्रदेश ऐन नभएको अवस्थामा स्वास्थ्य सेवा तर्फको विज्ञापन गर्दा स्वास्थ्य सेवा ऐन २०५३ र स्वास्थ्य सेवा नियमावली २०५५ मा भएको व्यवस्था अनुसार नै गर्नुपर्ने जनाएको छ।

स्वास्थ्य सेवा नियमावलीमा पाँचौ तहको खुला तर्फका पदका लागि हेल्थ इन्स्पेक्सन समुहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने र स्टाफ नर्स जनरल नर्सिङ कम्युनिटी नर्सिङको लागि नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था रहेको संघले जनाएको छ।

यस्तै हेई पाँचौ तहको लागि सम्बन्धित स्वास्थ्य व्यवसायी परिषद् ऐनको दितीय तहमा दर्ता भएको प्रमाणपत्र हुनुपर्ने व्यवस्थ रहेको भएपनि आयोगको विज्ञापनमा सिअहेब र सिअनमि पदहरु कानुन सम्वत त्रुटीपूर्ण रहेको जनाएको हो।

सघले आयोगले निकालेको उक्त विज्ञापनमा शैक्षिक योग्यतामा भएको त्रुटी सच्याउन माग समेत गरेको छ।