मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाल विवाह रोक्नका लागी “नगरकी छोरी, प्यारी छोरी” कार्यक्रम ल्याएका हौँः उपप्रमुख बजगाई

बाल विवाह रोक्नका लागी “नगरकी छोरी, प्यारी छोरी” कार्यक्रम ल्याएका हौँः उपप्रमुख बजगाई


अछाम : कमलबजार नगरपालिकाका उपप्रमुख भुमिशरण ढकाल बजगाईले समाजमा भईरहेको बाल विवाह रोक्नका लागी “नगरकी छोरी, प्यारी छोरी” कार्यक्रम ल्याईएको बताएकी छन्।

हरेक छोरीको सानै उमेरमा बाल विवाह हुने र उच्च शिक्षाबाट समेत बञ्चित हुने भएकाले बाल विवाह रोक्न तथा उच्च शिक्षामा निरन्तर जोड् दिनका लागी कार्यक्रमको थालनी भएको बताईन।

उपप्रमुख बजगाईले गत बर्ष देखी नै नगरपालीका क्षेत्रमा जन्मीने छोरीको नाममा १ हजार जम्मा गर्दै अभिभावकको जिम्मेवारी सहीत खातामा जम्मा गर्ने गरेको बताईन । नियमीत खातामा पैसा जम्मा हुने गरेकाले कोही कसैले उमेर नै नपुगी बाल विवाह गरेको खण्डमा रकम सबै नगरपालिकाको खातामा फिर्ता हुने समेत बताईन ।

आफु जहीले पनी महिलाको नेतृत्वका लागी अघि बढेकाले किशोरी तथा महिलाका समस्या समाधानका लागी लागिपरेको उनको भनाइ छ । कीशोरीलाई शिक्षामा निरन्तर जोड् दिनका लागी प्रत्येक विद्यालयमा सेनेटरी प्याड वितरण कार्यपनी भईरहेको जानकारी दिइन ।

बजगाईले सुत्केरी महिला दिदिवहीनीको समस्यालाई बुझदै सुत्केरीसँग उपप्रमुख कोशेली कार्यक्रम समेत जारी रहेको जानकारी दिइन ।

पुरानो रुढिवादीलाई चिर्दै पोषणमा जोडदिन सुत्केरीलाई घिउ र अण्डा प्रत्येक वडामा वितरण जारी रहेकाले सबै महिला दिदिवहीनीमा खुशीयाली झाएको बताईन । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरताका लागी आफु लागी रहनेमा उनको जोड छ ।