बढ्दो गर्मीमा मानिसहरु चिसा खाद्यवस्तु र पेयपदार्थ खान रुचाउँछन्। सामान्यतया दही, मही, फलफूल र जुसलाई नै चिसो खाद्य–पदार्थ भन्ने बुझिन्छ। तर अहिले आकर्षक विज्ञापनको नक्कल गर्ने प्रवृत्ति र परिवर्तित जीवनशैली, देखावटी तथा अज्ञानताले शहरी क्षेत्रमा मात्र नभई गाउँमा समेत बट्टा तथा बोतलमा बन्द गरिएका फलफूल, तयारी जुस र कृत्रिम पेयपदार्थको चलन बढ्दो छ। यस्ता वस्तुहरु…