मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य अनुसन्धान परिषदले चार विधामा दिने अवार्डको आवेदन खुल्यो, यस्ता छन् योग्यता

स्वास्थ्य अनुसन्धान परिषदले चार विधामा दिने अवार्डको आवेदन खुल्यो, यस्ता छन् योग्यता


काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्थापना दिवसका अवसरमा प्रदान गर्दै आइरहेको विभिन्न विधाका अवार्डका लागि आवेदन खुला गरेको छ। 

परिषदले यही चैत २८ र २९ गते गर्न लागेको नवौं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेलनका अवसरमा चार वटा विधामा अवार्ड दिन लागेको छ। परिषदले यही चैत २२ गतेसम्म कार्यालय समयभित्र दरखास्त हाल्न अनुरोध गरेको छ।

परिषदले हेल्थ रिसर्च अवार्ड, मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्चर अवार्ड (मेडिकल डाक्टर), मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्चर अवार्ड (एनएचआरसी कर्मचारी) र हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट गरेर चार वटा विधामा अवार्ड प्रदान गर्ने छ।

‘नेपाल स्वास्थ अनुसन्धान परिषदले आफ्नो स्थापना दिवसको अवसरमा विगतका बर्षहरुमा जस्तै यो वर्षमा पनि विभिन्न विधामा दिइँदै आएको अवार्डलाई निरन्तरता दिँदै यस वर्ष पनि अवार्डको लागि नेपाली वैज्ञानिकहरूबाट चैत २२ गते कार्यालय समय भित्र नियमानुसार दरखास्त आह्वान गरिन्छ,’ परिषदले सार्वजनिक गरेको सूचनामा भनिएको छ।

कुन विधाको अवार्डका लागि कस्तो योग्यता चाहिन्छ? हेरौं सूचना

nhrc notice award.jpg