मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल

बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल

अस्पतालमा आर्थिक अभाव हुन नदिन जस्तोसुकै पहल गर्न तयार छु : शाह


न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको १५ औँ वार्षिक उत्सव समारोह सम्पन्न ।

अछाम : नेपाल सरकारका पूर्व उपप्रधान, गृह एवंम रक्षा मन्त्री डा. भिम बहादुर रावलले बयलापाटा अस्पतालको दिर्घकालिन सञ्चालनका लागि आफुले सक्दो पहल गर्ने बताए । स्थानिय पालिका, प्रदेश सरकार र केन्द्र सरकारले समेत यसमा सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

अस्पतालमा ब्लड बैकको स्थापना र अस्पतालको दिर्घकालिन सञ्चालनका लागि सोच्नुपर्ने बेला भएको उनले बताए । नेकपा एमालेका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका डा. रावलले सुदूरपश्चिम प्रदेश सरकारलाई समेत बजेट बिनियोजित गराउन आफुले नेतृत्वदायी भुमिका निर्वाह गरेको उल्लेख गरे ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको १५ औँ वार्षिक उत्सव समारोहमा प्रमुख अथितिको आशनबाट बोन्दै नेता रावलले बयालपाटा अस्पतालको स्थापनाका लागि धरै जनाको योग्दान रहेको उल्लेख गरे । सुरुपमा बयालपाटा अस्पतलाको स्थापनाको लागि केही व्यक्तीले आहुती समेत दिएको नेता रावलले स्मरण गरे । धेरैले अस्पतालको स्थापनाका लागि जेल जीवन समेत बिताउनु पर्यो भन्दै नेता रावलले यो अस्पतालको जगको रुपमा उनिहरुले खेलेको भुमिकालाई कसैल नर्कान नसक्ने बताए ।

शनिबार बयालपाटा अस्पतालको प्रांगणमा अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सुचना तथा सञ्चार राज्य मन्त्री गोबिन्द बहादुर शाहले बयालापाटा अस्पतालको दिर्घकालिन सेवाका लागि आफुले तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर डेलिगेशन पेश गरेको र प्रदेश सरकारमा समेत बजेट बिनियोजितका लागि पहल गरेको बताए ।

अस्पतालमा आर्थिक अभाव हुन नदिन र सेवामा कुनै कमि हुन नदिन आफुले पटक पटक पहल गरिरहेको कांग्रेस केन्द्रीय सदस्य समेत रहेका नेता शाहले बताए । अस्पतालले प्रदान गरिरहेको सेवाको प्रशंसा गर्दै नेता शाहले आगामी दिनमा समेत आफु जस्तो सुकै सहयोग गर्न तयार रहेको बताए ।

यस्तै कार्यक्रममा पूर्व जिविस सभापति भरत कुमार स्वाँरले आफु बयालापाटा अस्पतालको स्थापना देखि नै प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रहेको बताए । अस्पतालमा बिशेषज्ञ सेवा थप गर्नुपर्ने र दिर्घकालिन सेवा सञ्चालनका लागि सबै तहका सरकारले दायित्व लिनुपर्नेमा स्वाँरको जोड थियो ।

कार्यक्रममा कमलबजार नगरपालिकामा प्रमुख यज्ञ प्रसाद ढकालले आफुले यसै आर्थिक बर्षमा बयालपाटाा अस्पताललाई ५ लाख आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । आगामी आर्थिक बर्षबाट सहयोग रकम थप गरिनले उनले बताए । कार्यक्रममा सहभागी भएका नगर प्रमुख ढकालले रक्तदान समेत गरेका थिए ।

यस्तै १५ औँ वार्षिक उत्सव समारोहमा त्रिबेणी नगरपालिका बाजुराका नगर प्रमुख कर्ण बहादुर थापा, बान्नीगढी जयगढ गाँउपालिकाका अध्यक्ष टेक बहादुर साँउद, तुर्माखाँद गाँउपालिकाका अध्यक्ष डम्बर बिसी, साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिब बहादुर कुवँर शिलोज, पूर्व नगर प्रमुख कुल बहादुर कुवँर, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना, समाजसेवी युवा नेता राजन कुवँर, न्याय हेल्थ नेपालका कार्यकारिणी उपाध्यक्ष डा. अरुणा उप्रेतीले, वडा नं. ७ का अध्यक्ष हिक्मत कडायत शुभकामना मन्तव्य राख्दै अस्पतालले प्रदान गरिरहेको सेवाको प्रशंसा गर्दै दिर्घकालिनमा जोड दिएका थिए । न्याय हेल्थ नेपालका कार्यकारिणी अध्यक्ष कुन्द दिक्षितले स्वागत मन्तव्य राख्नु भएको समारोहको सञ्चालन काजल जोशी र पूर्ण खड्काले गरेका थिए ।

१० बर्ष पुरा गरेका २० जनालाई सम्मान ।

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा काम गर्दै १० बर्ष पुरा गरेका कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । १० बर्ष पुरा गरेका २० जना कर्मचारीहरुलाई कार्यक्रमका प्रमुख अथिति डा. भिम रावल र अध्यक्ष राजेन्द्र बहादुर कुँवरले दोसल्ला र कदर पत्र प्रदान गरेका थिए ।

१० बर्ष पुरा गरेका कर्मचारीमा संस्थाका बरिष्ठ सुचना प्रविधि अधिकृत दिपक बहादुर बिष्ट, तिलमान बोहरा, हिउदल केसी, मिन रावल, भरत रावल, महेन्द्र कुँवर, मदन कुँवर, नरेश सुनार, ईन्द्रा केसी, दिपा बम, लक्ष्मी बिक, तुल्शा खनाल, भजन देवी कुवँर, निर्मला सुनार, गिता कुँवर, बसन्ती ताम्राकार, द्धारीका रावल, गंगा लुहार, कल्पना भण्डारी र ललिता कुमारी कुवँर रहेका छन् ।

दारी ग्यांग र एपिएफलाई सम्मान ।

बयालापाटा अस्पतालमा बिरामीलाई अतिआवश्यक अवस्थामा रगत आवश्यक परेका बेला पटक पटक रक्तदान गरी सहयोग गरेको भन्दै दारी ग्यांय अछाम र सशस्त्र प्रहरी बल खप्तड गुल्म साँफेबगरलाई सम्मान गरिएको थियो ।

प्रहरी प्रमुख डिएसपी खेमराज ठकुल्ला र दारी ग्यांग अछामका संयोजक उमेश कुँवरलाई कार्यक्रमका प्रमुख अथिति डा. भिम रावल र न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दिक्षितले खादा र कदर पत्र प्रदान गरेका थिए ।

कार्यक्रम स्थलमा ८ जनाले गरे रक्तदान ।

१५ औँ बार्षिक उत्सव समारोहमाको अवसरमा कार्यक्रममा सहभागी भएका अथितिहरुले रक्तदान समेत गरेका थिए । न्याय हेल्थ नेपालका कोषाध्यक्ष डा. भाष्कर राज पन्त, खप्तड गुल्मका गुल्मपति डिएसपी खेमराज ठकुल्ला, न्याय हेल्थका कर्मचारी सुधिष श्रेष्ठ, न्याय हेल्थ नेपालका कार्यकारिणी सदस्य बिरोचन खनाल, नेपाल प्रहरीका असई देवेन्द्र कुँवर, पारष कडायत, कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल र केशव कुँवरले रक्तदान गरेका थिए ।

बार्षिक उत्सवको अवसरमा आयोजना भएको खेलकुद प्रतियोगिताका बिजेतालाई प्रमाण पत्र बितरण

न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको १५ औँ बार्षिक उत्सव समारोहको अवसरमा यसअघि आयोजना भएको साता व्यापी खेलकुद प्रतियोगितामा बिजेता भएका खेलाडीहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो । बिभिन्न १२ बिधाका खेलमा प्रथम, द्धितृय, तृतिय र सान्त्वना हुने खेलाडीलाई प्रमाण प्रत्र वितरण गरिएको थियो । यस्तै खेलकुद प्रतियोगिता संयोजन गर्ने १० जना संयोजक र ६ जना स्वयम सेवकलाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो ।

१५ औँ बार्षिक उत्सव समारोहमा बिभिन्न साँस्कृतीक कार्यक्रम समेत प्रस्तुत ।

१५ औँ बार्षिक उत्सव समारोहमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले बिभिन्न साँस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।