मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एचआईभी/टि.बि. राेकथाम तथा परिक्षण कार्यलाई प्रभावकारी बनाउन पहल गरिने

एचआईभी/टि.बि. राेकथाम तथा परिक्षण कार्यलाई प्रभावकारी बनाउन पहल गरिने


अछाम : एचआईभी/टि.बि. राेकथाम तथा परीक्षण कार्यलाई प्रभावकारी बनाउन सराेकारवाला संग मंगलबार अन्तरक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ ।

स्वास्थ्य कार्यालय अछामको सहजीकरण,वाक नेपालकाे आयोजना तथा र सेभ द चिल्ड्रेनकाे साझेदारीमा एचआईभी/टि.बि. राेगकाे अवस्था, राेकथामका लागि भैरहेका प्रयास,आगामी रणनीति लगायतका बिषयमा जिल्ला स्थित सराेकारवाला व्यक्तिहरु संग छलफल गर्दै स्वास्थ्य कार्यालय अछाममा अन्तरक्रिया गरिएको हाे ।

खासगरी प्रवासबाट स्वदेश फर्केका नेपाली नागरिकहरुलाई लक्षित गर्दै तथ्यांक संकलन गर्ने र उनिहरुकाे एचआइभि/टि.बि. परिक्षण कार्यलाई निरन्तरता दिने वाक नेपालले जानकारी दिएको छ ।

अछाम र डाेटीमा सन २०३० सम्ममा एड्सकाे महामारी अन्त्य गर्न NHSP ले प्राथामिकतामा राखेको एचआईभी प्रतिक्रियालाई तीव्रता दिन वि.सि.सि. र सि.एल.टी काे माध्यमद्वारा अधिक्तम एचआईभी परीक्षण गरी ए.आर.टी सेवा केन्द्रमा प्रेषण गर्ने वाक नेपालीको मुख्य उदेश्य रहेको छ ।

जिल्ला समन्वय समिति अछामका कार्यवाहक प्रमुख द्वारिका प्रसाद उपाध्यायले संघसंस्थाका महत्त्वपूर्ण कार्यक्रमहरु संघीयता पछि ग्रामीण भेगमा प्रभावकारी नभएको पाइएको बताएका छन् । स्वास्थ्य सेेवा संग सम्बन्धित कार्यक्रमहरु जिल्ला केन्द्रित मात्रै नभई दूरदराजका ग्रामिण भेग सम्म प्रभावकारी कार्यान्वयन गर्न उनले सुझाव दिए ।

वाक नेपालले अभियानका रुपमा थालनी गरेको प्रवासीहरुका लागि एचआईभी/टि.बि. परिक्षा तथा राेकथामकाे कार्यक्रम निकै महत्त्वपूर्ण रहेको हुँदा यस कार्यक्रमलाई सबै सराेकारवाला व्यक्तिहरुले सहयोग गर्नु पर्ने जाेड दिए ।