काठमाडौँ - नेपालीको महान चाड बडादसैंको छैटौं दिन अर्थात् आश्विन शुक्ल षष्ठीमा आज कात्यायनी देवीको पूजा आराधना गरिँदैछ। आजको दिन पूर्वोक्त विधि अनुसार स्थापित देवताहरूको पूजा गरी दुर्गाको प्रतिमामा कात्यायनी देवीको पूजा गरिन्छ। कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति। अर्थात् सांसारिक सृष्टिका क्रममा आफ्नो कर्तव्यबाट च्युत हुने पुत्र जन्मिएता पनि सृष्टि कारिणी आमा कहिले पनि कुमाता हुन…