मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकाद्धारा चाँर्ड पर्व लक्षित बजार अनुगमन तिब्रता

पञ्चदेवल नगरपालिकाद्धारा चाँर्ड पर्व लक्षित बजार अनुगमन तिब्रता


ब्यापारीलाई मापदण्ड बिपरित ब्यावसाय सञ्चालन गर्न स्थानिय सरकार ठुलो चुनौती

अछाम : जिल्लाको पञ्चदेवल नगरपालिकाद्धारा चाँर्ड पर्व लक्षित बजार अनुगमनमा तिब्रता ।

पञ्चदेवल विनायक नगरपालिकाले दशैँ तिहारको बिचमा छड्के चेक जाँच र अनुगमनलाई तिव्रता दिएको छ ।
मापदण्ड विपरित तथा इजाजत बिनै सञ्चालित व्यावसायीहरुमा पुन : निरिक्षण तथा चाडपर्व लक्षित गरि बजार अनुगमनमा नगरपालिकाले तिव्रता दिएको हो ।

आइतवार नगरपालिका र इलाका प्रहरी कार्यालयको एक टोलीले अनुगमन गर्दा वडा नम्वर २ पञ्चदेवल बजार नजिकै मध्यपहाडी सडकखण्डमै रहेको दर्ता नगरिएको बिनोद बस्नेतको पसलबाट ३६ बोत्तल बिएर, अवैद घरेलु मदिरा २० पोका , वडा नम्वर ३ पब्लिक भञ्ज्याङ स्थित बुढा टलबाट कमसल मदिरा ओरेन्ज सोफी १८ पेटी बरामद गरिएको प्रमुख प्रसाशकिय अधिकृत पदम माझीले जानकारी दिए ।

नगरपालिकाद्धारा पटक पटक चेक जाँच तथा अनुगमन गर्दै सुचना प्रवाह गर्दा पनि स्थानिय ब्यापारीहरुले पालिकाको निति नियम स्वाइकार नगरेको उनले बताए ।

यसै बिच सोमबार बिहान अनुगमन गर्दा सुन्तलाबाडी नजिकै ढकाल जनरल स्टोरबाट इजाजत बिना बिक्रीका लागी राखिएको अवस्थामा बियर ४५ बोत्तल, भर्जिन २ पेटी, रेन्बो २ पेटी,डायमण्ड १ पेटी र नजिकै रहेको तिर्थराज ढकालको पसलबाट बियर ९ बोत्तल , अवैध घरेलु मदिरा २९ पोका बरामद गरि कानुन बमोजिम कारबाही गरिएको प्रसाशक माझीले रेडियो पञ्चदेवल तथा सुदुर आजलाई जानकारी दिए ।

मदिरा नियन्त्रण पछि सामाजिक सञ्जाल फेशबुकमा प्रसाशक माझीले यस्तो लेखेका छन ।
निरन्तर अनुगमन गरिरहेका छौं । अवैध तथा इजाजतबिनामा मदिरा बरामद गरी कानुनबमोजिम कारबाही गरिरहेका छौं । तर पनि हरेक पटकको अनुगमनमा झन ठूलो परिमाणमा मदिरा बरामद हुनु अचम्मको विषय बनेको छ । अर्को अचम्मको कुरा मदिराको विरोधमा सबैभन्दा चर्को आवाज गर्ने, हाम्रो कामप्रति असन्तुष्टि गरिरहने मान्छेको पसलमा नै अबैध मदिराको कारोबार भइरहेको भेटिन्छ । अहिलेसम्म नाम सार्वजनिक नगरिएकोमा अब उप्रान्त हामी सम्बन्धित व्यक्तिको नामसमेत सार्वजनिकीकरण गर्नेछौं ।

आज बिहान नगरपालिका र इलाका प्रहरी कार्यालय विनायकबाट विनायक बजार अनुगमन हुँदा ठूलो परिमाणमा इजाजतबिनाका र अबैध घरेलु मदिरा बरामद गरिएको छ । अनुगमन टोलीमा खटिएर प्रशंसनीय कार्य गर्ने इलाका प्रहरी कार्यालयका प्र.ना.नि भरत बहादुर रोकाय लगायत उहाँको टिम र नगरपालिकाका कर्मचारीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै मदिरा नियन्त्रण तथा व्यवस्थापनमा सहयोग गर्न हुन जनप्रतिनिधि, राजनीतिक दल, पत्रकार तथा नागरिक समाजलाई हार्दिक अनुरोध गर्दछु । नगरपालिकाले मदिराको अबैध कारोबारप्रति शून्यसहनशीलताको नीति लिएको सबैलाई जानकारी गराउन चाहन्छु ।


दशैँ तिहारमा बिकृती जन्य घटना मदिराकै कारण घट्न सक्ने भन्दै सुन्दर र सान्त समाज निर्माणका लागी नगरपालिकाकाले बेला बेला बजार अनुगमनलाइ तिव्रता दिइरहेको छ ।