मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अकोराब अछामको जिल्ला समन्वय समिती अध्यक्षमा :रावल

अकोराब अछामको जिल्ला समन्वय समिती अध्यक्षमा :रावल


पवित्रा खड्का , फागुन २८ अछाम

सामुदायिक रेडियो प्रशारक संघ नेपाल अकोराबको अछाम जिल्लामा जिल्ला समन्वय समिती गठन गरिएको छ । जिल्लामा रहेका सबै सामुदायिक रेडियोहरुको भेलाले रेडियो रामारोशन अछामका सहायक स्टेशन म्यानेजर कमल रावलको अध्यक्षतामा ९ जनाको जिल्ला समन्वय समिती गठन गरिएको हो ।

जसमा उपाध्यक्ष रेडियो साँफेबगरका तारामान खड्का, सचिव रेडियो पंञ्चदेवलका तपेन्द्र धामि, कोषाध्यक्ष कल्पना बोहरा लगाएतका सदस्य रहेका छन ।

नव निर्वाचित अध्यक्ष रावलले जिल्लामा रहेका सबै सामुदायिक रेडियोको सहकार्यलाई मजबुद पार्दै अघि बढ्ने बताउनु भयो । समुदायक लागि रेडियो भएकाले आगामि दिनमा सामुदायिक रेडियो तथा रेडियोकर्मिका समस्यालाई मध्येनजर गर्दै सबै स्थानिय सरकारसँग समन्वय गर्दै अघि बढने बताउनु भयो ।

सामुदायिक रेडियो प्रशारक संघ नेपाल अकोराब काठमाण्डौँको निर्देशन, सुदुरपश्चिम प्रदेशको संयोजनमा समिती गठन गरिएको हो ।