नेपाली काँग्रेस अछामका युवा नेता पुष्पबहादुर भण्डारीले आगामी जिल्ला अधिवेशनमा सचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै पार्टी संगठन निर्माण, विस्तार तथा सामाजिक कार्यमा योगदान पु¥याउँदै आउनुभएका भण्डारीले काँग्रेस अछामलाई थप मजबुत, व्यवस्थित र जनमुखी बनाउन सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
नेपाली काँग्रेस अछामका विभिन्न नेताहरूले आगामी जिल्ला अधिवेशनलाई लक्षित गर्दै विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरिरहेका बेला युवा नेता भण्डारीले पनि सचिव पदमा उम्मेदवारी रहने जानकारी गराउनुभएको छ । पार्टीभित्र युवाहरूको सक्रिय सहभागिता, संगठनको सुदृढीकरण तथा नयाँ पुस्ताको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दै आफू अगाडि बढ्ने उहाँको भनाइ छ ।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका भण्डारीले लामो समयदेखि नेपाली काँग्रेसको संगठनमा रहेर विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ । पार्टीका गतिविधिमा निरन्तर सक्रिय रहँदै संगठनप्रति प्रतिबद्धता र निष्ठाका साथ काम गर्दै आउनुभएका उहाँलाई पार्टीभित्र एक सक्रिय युवा नेताका रूपमा चिनिन्छ ।
पार्टी राजनीतिसँगै सामाजिक कार्यमा समेत उत्तिकै सक्रिय रहनुभएका भण्डारीले विभिन्न सामाजिक गतिविधिमा सहभागिता जनाउँदै समुदायसँगको सम्बन्धलाई निरन्तर मजबुत बनाउँदै आउनुभएको छ । सामाजिक क्षेत्रमा देखिएको उहाँको सक्रियता र पार्टी संगठनप्रतिको लगावले आगामी जिल्ला अधिवेशनमा उहाँको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेपाली काँग्रेस अछामको संगठनलाई थप गतिशील बनाउन युवा नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने भन्दै भण्डारीले पार्टीभित्र युवाहरूको क्षमता, अनुभव र योगदानलाई उचित स्थान दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । पार्टीलाई समयअनुसार अघि बढाउन संगठनात्मक सुधार, कार्यकर्ताको सम्मान तथा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउनु आवश्यक रहेको उहाँको धारणा छ ।
सचिव पदमा उम्मेदवारी घोषणा गर्दै भण्डारीले पार्टीलाई थप मजबुत बनाउने उद्देश्यसहित आफू अघि बढेको बताउनुभएको छ । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको साथ, सहयोग र विश्वासलाई आत्मसात् गर्दै संगठन निर्माणमा थप जिम्मेवारीपूर्वक काम गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।
आगामी जिल्ला अधिवेशन नेपाली काँग्रेस अछामको संगठनात्मक विकास, नेतृत्व चयन तथा आगामी राजनीतिक दिशाका दृष्टिले महत्त्वपूर्ण मानिएको छ । अधिवेशनलाई लक्षित गर्दै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दै जाँदा युवा नेताहरूको सक्रियता पनि बढिरहेको छ ।
यसैबीच युवा नेता पुष्प भण्डारीको सचिव पदमा उम्मेदवारी घोषणाले नेपाली काँग्रेस अछामको आगामी जिल्ला अधिवेशनमा युवा नेतृत्वको सहभागिता र प्रतिस्पर्धालाई थप चासोपूर्ण बनाएको छ ।














प्रतिक्रिया