मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस रामारोशनद्धारा मृगौला पिडित परिवारलाई एक लाख बढी सहयोग (सुची सहित)

कांग्रेस रामारोशनद्धारा मृगौला पिडित परिवारलाई एक लाख बढी सहयोग (सुची सहित)


नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाले रामारोशन ५ अल्याडि निवासि मृगौला पिडित स्व दिर्घ बहादुर बुढाको परिवारलाई एक लाख बाह्र रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विगत केहि समय अघि दुवै मृगौला फेल भएर आर्थिक अभावका कारण उपचार गर्न नसकेका बुढाको जीवन रक्षाका लागि नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको आयोजनामा अर्थिक संकलन अभियान सन्चालन गरिरहेको अवस्थामा निधन भएकाले उहाँको १३ औँ दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि नेपाली कांग्रेस जिल्ला सदस्य केश बहादुर बटालाले मृतक बुढाका बुवा जोगि बुढा लाई उक्त रकम सहयोग गर्नु भएको हो ।

नेपाली कांग्रेस रामारोशन गाउँ पालिका सदस्य केशर शाहको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सदस्य एवम् रामारोशन गाउँ पालिका ४ का वडा अध्यक्ष केश ब बटाला रहनु भएको थियो भने कार्यक्रमका बिशेष्ट अतिथि नेपाली कांग्रेस रामारोशन गाउँ पालिका सचिव पुर्ण बिक र शिक्षक संघ केन्द्रीय प्रतिनिधि काली बुढा रहनु भएको थियो ।

कार्यक्रममा नेविसंघ जिल्ला सदस्य एवम् उक्त आर्थिक संकलनका अभियानता पुष्प बिष्ट, नेविसंघ जिल्ला सदस्य दल साउद, महेश बटाला, कमल खनाल, नेकपाका प्रतिनिधि भरत बिष्ट, समाजसेवी रंग बिष्ट लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन नेपाली कांग्रेस गाउँ पालिका सचिव गोपि प्रसाद खनालले गर्नु भएको थियो ।