मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्वारेण्टाईनको लागि २ घर उपलब्ध गराउने यूवा नेता तिमिल्सैनाको उद्घोष

क्वारेण्टाईनको लागि २ घर उपलब्ध गराउने यूवा नेता तिमिल्सैनाको उद्घोष


अछाम – नेपाली कांग्रेस अछामका सहसचिव एवंम प्रबक्ता बेदप्रकाश तिमिल्सैनाले जिल्लामा भारत तथा तेश्रो मुलुक बाट आएका नागरिकलाई सुरक्षित रुपमा क्वारेण्टाईनमा राख्नु परेमा आफ्नो घर उपलब्ध गराउने उद्घोष गरेका छन् ।

युवा नेता तथा समाजसेवि तिमिल्सैनाले कोरोना भाइरसको सम्भावित संक्रमणबाट नागरिहरुलाई सुरक्षित राख्न जोखिममा रहेको मानिस, तेस्रो मुलुक, भारत तथा शहर बाट आएका संकास्पद व्यक्तीलाई क्वारेण्टाईनमा राख्नका लागि साविकको कुइका १ स्थित घर उपलब्ध गराउने घोषणा गरेका छन् ।

१४ देखि १७ दिन सम्म क्वारेन्टाइनमा राख्नका लागि बरपिपल नजिक रहेका दुइटा घर ( स्वर्गीय कान्छाबुवा पुष्पराज तिमिल्सैनाको स्वामित्वमा रहेको अर्को घर समेत) मा गरि जम्मा चालीस जना जतिलाई क्वारेन्टाइनमा राख्न सकिने उहाँले बताउनु भयो ।

घरैसम्मै सडक पुगेको छ, खानेपानीको लागि पनि त्यति असजिलो छैन, तिमिल्सैनाले भन्नुभयो भुवनेस्वरी आधारभुत बिध्यालयको ब्यवस्थापन समितिको अध्यक्ष समेत रहेका भाइ रेशमबाट खानेपानी नियमित गर्नेदेखि स्थानीय स्थरमा अन्य ब्यवस्थापनको काम हुनेछ ।

कोरोना भाइरसको सम्भावित संक्रमणबाट नागरिहरुलाई सुरक्षित राख्न घरलाई क्वारेन्टाइन बनाउन भाईहरुले सहयोग गर्ने पनि तिमिल्सैनाले उल्लेख गरेका छन् ।

तिनभाईको सल्लाह अनुसार घरको सरसफाइको काम सुरु भएको भन्दै तिमिल्सैनाले स्थानीय ब्यवस्थापनमा खटिएका भाइ रेशमलाई धन्यवाद समेत दिएका छन् ।