मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुर प्रवेशमा कडाइ, दशगजामा ६८ नेपाली अलपत्र

कञ्चनपुर प्रवेशमा कडाइ, दशगजामा ६८ नेपाली अलपत्र


महेन्द्रनगर । कोरोना भाइरसको संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले थप कडाइ गरेको छ । स्थानीय प्रशासनले भारतीय सहरबाट मजदुरी गरेर फर्किंदै गरेका नेपालीलाई नेपाल प्रवेशमा रोक लगाएको छ । 

स्थानीय प्रशासनले सरक्षाकर्मी खटाएर भारतबाट फर्किएका नेपालीलाई दशगजा क्षेत्रमा रोकेर राखेको छ । सशस्त्र प्रहरीले नेपाल प्रवेश गर्न नदिएपछि महाकाली नगरपालिका नजिकै ५० जना र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक १८ जना अलपत्र परेका छन् । 

सशस्त्र प्रहरी बल ३५ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुले महाकाली नगरपालिकाका नजिकैको गडिगोठ क्षेत्रमा ५० र ब्रह्मदेव क्षेत्रमा १८ जनालाई रोकिएको बताए । गृह मन्त्रालयको आदेशअनुसार उनीहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको उनको भनाइ छ । 


“गृहको आदेशबमोजिम गरिएको हो । गृहले जे आदेश गर्छ त्यही अनुसार गर्छौं,” सीमा अलपत्र नेपालीलाई के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा उनले भने ।  दशजगा क्षेत्रमा अलपत्र परेका नेपाली मजदुरहरू सोमबार बेलुकी भारतका विभिन्न सहरबाट पैदल सीमा क्षेत्रमा पुगेका थिए । 

तस्बिर सौजन्य : पुष्कर भट्ट