मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनगढीमा आगलागी हुँदा दुई लाख बराबरको क्षती

धनगढीमा आगलागी हुँदा दुई लाख बराबरको क्षती


धनगढी: धनगढीमा आगलागी हुँदा दुई लाख बराबरको क्षती भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ५ बस्ने २९ वर्षीय अयुव खानको घरमा आगलागी भएको हो। 

खानको खरले छाएको २ कोठे कच्ची घरमा विद्युतको तार सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक  दक्ष कुमार बस्नेतले बताए। उनका अनुसार आईतबार राती ११ बजे भएको आगलागीका घर जलेर नष्ट भएको छ।

आगलागीबाट मानविय क्षती नभएपनि घर भित्र रहेको सम्पूर्ण सामान जलेको प्रहरीले जनाएको छ। प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो। 

dineshkhabar