मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संचारकर्मीलाई समयमै तलब उपलब्ध गराउन प्रेस युनियनको माग

संचारकर्मीलाई समयमै तलब उपलब्ध गराउन प्रेस युनियनको माग


नेपाल प्रेस युनियनले जारी लकडाउन र कोरोना भाइरसको संक्रमणको महामारीले निम्त्याएको संकटमा सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न सरकारसंग माग गरेको छ। 

लकडाउनका कारण नेपाली सञ्चारक्षेत्रमा गम्भीर समस्या सिर्जना भएको, संचारकर्मीहरुलाई समयमै तलब उपलब्ध नगराइदा समस्या भएकाले राहत प्याकेजको माग गरिएको हो।

शुक्रबार युनियनका अध्यक्ष बद्री सिग्देलले एक विज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार, कामदार र कर्मचारीलाई समयमा पारिश्रमिक उपलब्ध नगराउने, जागिरबाट हटाउने, बेतलवी बिदामा बस्न निर्देशन दिने गरेको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै त्यसप्रति गम्भीर भइदिन माग गरेका हुन।

नागरिकलाई हरपल सूचना प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई तत्काल राहत प्याकेजको व्यवस्था गर्न पनि सरकारसंग विज्ञप्तिमार्फत नै माग गरिएको छ।