मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नदीमा डुबेर कैलालीमा एक किशोरको मृत्यु

नदीमा डुबेर कैलालीमा एक किशोरको मृत्यु


धनगढी :  कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका– ४ मा रहेको कान्द्रा नदीमा डुबेर सोही ठाउँका १६ वर्षीय केशव पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

पोखरेल शनिबार बिहान साढे १० बजेतिर नदीमा नुहउँदा नुहाउँदै बेपत्ता भएको र दिउँसो १२ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

अहिले इलाका प्रहरी कार्यालय भजनीको टालीले घटना स्थलमा थप अनुसन्धान गरिरहेको उनले बताए। – दिनेश्खबर