मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ६ हजार ६ सय बढि नागरिक क्वारेन्टाईनमा

अछामका ६ हजार ६ सय बढि नागरिक क्वारेन्टाईनमा


कमल रावल, जेठ २४ अछाम /

अछाम जिल्लामा हालसम्म ६ हजार ६ सय भन्दा नागरिक क्वारेन्टाईनमा बसेका छन । भारत सहीत देशको विभिन्न जिल्लाबाट आएका ६ हजार ६ सय २८ जना क्वारेन्टाईनमा बसिरहेका बताईएको छ ।

जेठ २४ गते आजसम्म जिल्ला प्रशासन कार्यालयको तथ्याक अनुसार पुरुष ५ हजार ५ सय ५६ र महिला १ हजार ७२ जना रहेका अछामका सहायक प्रमुख जिल्ला अधिकारी एँव सुचना अधिकारी नन्द किशोर यादवले बताउनु भयो ।

दिन दिनै हरेक स्थानिय तहमा बाहिर बाट आउने मानिसको सख्या बढ्दै गएपछि क्वारेन्टाईन पनि थपिदै गएका बताउनु भयो । हालसम्म ८ हजार ८ सय ८६ जनालाई पुग्ने गरि जिल्लामा २ सय २ क्वारेन्टाईन स्थल बनाईसकिएको यादवले बताउनु भयो ।

जिल्ला अस्पताल र बयलपाटा अस्पताल गरि ३० बेडको आईसुलेशन भएकोमा ३० जना बिरामीको हालसम्म आईसुलेशन वार्डमा उपचार भईरहेका छ ।

अहीले १८ जना पुरुष र २ जना महिला आईसुलेशमा रहेका छन । हालसम्म जिल्लामा ६५ जनाको आईसुलेशन वार्डमा राखेर उपचार गरिएको थियो ।