मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुपमा आरडीटी परीक्षण बन्द गर्न माग

सुपमा आरडीटी परीक्षण बन्द गर्न माग


धनगढी ।  सुदुरपश्चिम प्रदेश सभाका सदस्यहरुले आरडीटीको परिक्षण रोक्न माग गरेका छन् । आरडीटीको बिश्वसनयता बिश्वमा कही नभएको भन्दै आइतबार भएको प्रदेश सभाको बैठकमा सुदुरपश्चिममा पनि त्यसको प्रयोग रोक्न प्रदेश सभा सदस्यहरुले माग गरेका हुन् ।

प्रदेश सभाको आइतबारको बैठकमा ढ्यापढ्यापे समय लिएर बोल्दै नेकपाका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री दीर्घ सोडारी, नेकपाकै पूर्णा जोशी र नेपाली कांग्रेसका भरत बहादुर खड्काले यस्तो माग गरेका हुन् ।

उनीहरुले आरडीटीबाट जाच्दा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएकाहरुमा फेरी जाँच्दा कोरोना संक्रमण रहेको पुष्टि भएकोले यस्तो परीक्षण बन्द गर्न माग गरेका हुन् ।

प्रदेश सभा सदस्य दीर्घ सोडारीले आरडिटीको भरमा घर पठाइएकाहरुबाट समाजमा भयावह रुपमा संक्रमण फैलिन सक्ने अवस्था रहेकोले आरटि पिसिआर परीक्षण गर्नु पर्ने र यसका लागि प्रयोगशालाहरुको क्षमता बढाइनुपर्ने माग गरेका हुन ।