मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीमानाकामा खाना खुवाउन व्यस्त छन युवा नेता महर

सीमानाकामा खाना खुवाउन व्यस्त छन युवा नेता महर


धनगढी – नेपाली काङ्ग्रेस युवा नेताहरु नेपाल-भारतको सिमानाका गौरफण्टामा विचल्ली परेका नेपाली हरुलाई खाना खुवाउन जुटेका छन्। युवानेता नैनसिंह महर र युवा नेता गजेन्द्र बिक्रम शाही,दिवेन्द्र जोशी लगाएतका युवाहरु को नेतृत्वमा खाना खुवाउन जुटेका हुन् ।

भारत बाट सुदुरपश्चिम् मात्रै ३ लाख जनता नेपाल भित्रिएका छन । राज्यले सीमामा विचल्ली परेका नागरिकका लाई संवेदनहीनता प्रर्दशन गरेको छ । ३ लाख शुदुरपश्चिम् प्रवेश गरेका मध्य १० हजार को मात्र परिक्षण गरेको छ ।

सिमाबाट प्रवेश गर्न नदिदा अस्त व्यस्तको सीमाको बसाईले रोगले समेत थुप्रै संक्रमीत हुन सक्ने अवस्था छ । खाना, पिउने पानी, व्यवस्थित क्वारेन्टीन र टेस्टिङ्गको समेत व्यवस्था छैन ।

राज्य वेखवर हुँदा हामी आफै खान,पानीको व्यवस्थापनमा जुटेको नेता महरले बताए। हरेक दिन हजारौंको दरले नेपाल फर्किएका जनता खाना समेत नपाएर विचल्लीमा पर्ने गरेको स्थितिमा मानवियताको भावनाले गजेन्द्र शाही नेतृत्वको कोलावेरिटीले एक महिना देखि खाना खुवाउने अभियान नै थालेको छ ।