मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईपीएलमा लेस्टर सिटीसँग वाटफोर्डको बराबरी

ईपीएलमा लेस्टर सिटीसँग वाटफोर्डको बराबरी


एजेन्सी– इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गत शनिबार साँझ सम्पन्न खेलमा वाटफोर्डसँग लेस्टर सिटी बराबरीमा रोकिएको छ। वाटफोर्डको मैदान भिकरेज रोड रंगशालामा सम्पन्न खेलमा १–१ को बराबरीमा खेल रोकिएको हो।

दुवै टोलीले गोल गर्न नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम मिनेटमा गोल गर्दै बेन चिवेलले पाहुना टोलीलाई अग्रता दिलाए।

तर अतिरिक्त समयको तेस्रो मिनेटमा क्राग डसनले वाटफोर्डका लागि गोल गर्दै खेललाई बराबरीमा ल्याए। उनको बराबरीसँगै खेल १–१ को बराबरीमै सकियो।

बराबरीसँगै दुवै टोलीले अंक बाँडेका छन्। ३० खेलमा १६ जित र ६ बराबरीसँगै ५४ अंक बनाएर लेस्टर तेस्रो स्थानमा कायम छ। यता वाटफोर्ड २८ अंकका साथ १६ औं स्थानमा छ।

कोरोना महामारीका कारण लिग रोकिनु अघि उसले लिग लिडर लिभरपुललाई समेत ३–० गोल अन्तरले हराएको थियो। सो खेलबाट लिगमा लिभरपुलको अपराजित यात्रा समाप्त भएको थियो।