मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एयर फ्रान्सले साढे ७ हजार कर्मचारी कटौती गर्ने

एयर फ्रान्सले साढे ७ हजार कर्मचारी कटौती गर्ने


फ्रान्स – कोरोना भाइरसका कारण उड्डयन क्षेत्रमा मन्दी छाएपछि फ्रान्सको राष्ट्रिय ध्वजावाहक एयर फ्रान्सले आफ्नो कम्पनीमा कार्यरत ७ हजार ५०० कामदार हटाउने निर्णय गरेको छ।

कोरोना भाइरसका कारण एयर फ्रान्सले आफ्ना उडानमा विगत तीन महिनाभित्र करिब ९५ प्रतिशतले कमी आएको जनाएको छ। कम्पनीले प्रतिदिन एक करोड ५० लाख युरो गुमाउनु परेको छ ।

समाचार संस्था एपीका अनुसार कम्पनीले यस्तो घोषणा गरेपछि एयर फ्रान्सको मुख्यालयमा ट्रेड युनियनले विरोध प्रदर्शन गरेका छन्। फ्रान्स सरकारले गत मेमा ल्याएको आर्थिक सहायता कार्यक्रमबाट एयर फ्रान्सले करिब ८ अर्ब डलर सरकारी कोष प्राप्त गरे पनि मजदुर निकाल्ने निर्णय गरेको भन्दै मजदुर युनियन आक्रोशित भएका हुन्।

मजदुर युनियनले एयर फ्रान्सको निर्णयले फ्रान्सेली अर्थतन्त्रमै असर पार्ने चेतावनी दिएका छन्।

फ्रान्समै रहेको युरोपेली विमान निर्माता कम्पनी एयरबसले पनि कम्पनी बचाउन करिब १५ हजार कर्मचारी हटाउने घोषणा गरेको छ।

कोरोना महामारीका कारण विश्वभर यस वर्ष एयरलाइन्स कम्पनीहरुले करिब ८४ अर्ब डलर नोक्सानी व्यहोर्ने रिपोर्टहरु सार्वजनिक भएका छन्। कतिपय विमान कम्पनी बन्द हुने क्रममा छन्। विश्वको एयरलाइन्स व्यवसाय लयमा फर्किन केही वर्ष लाग्ने बताइएको छ। नेपाल समय