मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु परिवर्तनले कोरोना भन्दा धेरैको मृत्यु हुन सक्ने

जलवायु परिवर्तनले कोरोना भन्दा धेरैको मृत्यु हुन सक्ने


एजेन्सी । पछिल्ला केही दशकमा विश्वभरि पृथ्वीको बढ्दो तापमानको नतिजा स्वरुप दशौँ हजार मानिसको मृत्यु भइरहेको छ ।

यस्तोमा नेस्नल ब्युरो अफ इकोनोमिक रिसर्चले हालै प्रकाशित गरेको नयाँ विश्लेषणमा यो अवस्थालाई अझैपनि नजरअन्जाद गरिए , २१ औँ शताब्दीको अन्त्यसम्म पृथ्वीको तापमान त्यो उच्च बिन्दुमा पुग्नेछ, जसपछि विश्वव्यापी रुपमा जलवायु परिवर्तनका कारण प्रति १ लाख मान्छेमा ८५ को मृत्यु हुने निश्चित छ । यो तथ्याङ्क अहिले कोरोना महामारीमा मारिनेको सङ्ख्या भन्दा बढी हुन्छ । 

युनिभर्सिटी अफ क्यालिफोर्नियाका प्रोफेसर सोलोमन हसिआङ भन्छन्, “हामीले यत्तिका वर्षसम्म मानव स्वास्थ्य सेवामा तिव्र सुधार ल्याउन, उल्लेखनीय कदमहरु चालेका छौँ । तर जलवायु परिवर्तनले यस क्षेत्रको सबै प्रगतिलाई पुनः पछाडि धकेलिदिनेछ ।”

त्यसैले पनि यो नयाँ रिर्सचले वातावरण सम्बन्धी वास्तविकता स्पष्ट पारि यसतर्फ ध्यान केन्द्रित गराउने प्रयास गरेको उनले बताए । 

अहिले नै पृथ्वीका धेरै क्षेत्रहरुमा जटिल तापक्रमका कारण अधिकांश मानिसहरु जीवनयापन गर्न संघर्ष गरिरहेका छन् । त्यसैले औसत तापमानमा अझ ठूलो वृद्धि हुनुले मान्छेलाई झन संवेदनशील बनाइदिने निश्चित छ । जस्तै २०१५ को ताप लहरले पाकिस्तान र भारतमा मात्र ३ हजार भन्दा बढीको मृत्यु भएको थियो । 

त्यसैले यही अवस्था जारी रहेमा स्वास्थ्य प्रणालीमा पनि उल्लेखनीय परिवर्तन ल्याउनुपर्ने हुन्छ भने डाक्टरहरुले तापमान र गर्मीसँग सम्बन्धित बढ्दो स्वास्थ्य समस्याहरुको सामना गर्ने तयारी गर्नुपर्ने हुन्छ । यसमा पनि विशेष रुपमा गरिब समुदाय र कम आय भएका मुलुकहरु बढी प्रभावित हुनेछन् । यसले धनी गरिब बीचको असमानतालाई पनि झन बढाइदिनेछ ।  

अध्ययनका अनुसार अहिले नै नराम्ररी प्रभावित क्षेत्रहरुमा, मृत्यु दर झन उच्च बिन्दुमा पुग्नेछ । अर्कोतर्फ चिसो मौसम हुने उत्तरी युरोप लगायतका ठाउँमा भने तापमान बढ्नाले मृत्यु दर कम हुने अनुमान गरिएको छ । यसरी धनी राष्ट्रहरुले पनि मृत्यु दरमा उच्च वृद्धिको सामना गर्नुपर्ने हुन्छ तर आर्थिक रुपमा सम्पन्न भएकाले उनीहरुले तुलनात्मक रुपमा कम क्षति बेहोर्नुपर्ने हुन सक्छ । हसिअङ भन्छन्, “धनी मुलुकका नागरिकहरु पीडामा रहेर भएपनि बाँच्नेछन् तर तातो ठाउँमा बस्ने मानिसहरु अवस्य मर्नेछन् । ”

यो नयाँ रिसर्चले पहिलोपटक जलवायु परिवर्तनका प्राविधिक र नीतिगत प्रभावहरु देखाएको छ । अर्थशास्तत्री र नीति निर्माणकर्ताहरुले यसअघि पनि कार्बन उत्सर्जनको सामाजिक मूल्य निर्धारित गर्ने प्रयास गरेका थिए । जस्तै हावाहुरी, आँधीतुफान, बाढी, पहिरो, मौसमका कारण स्थानीयहरु सरुवा हुनुपर्ने लगायत अनगिन्ती चुनौतिहरुका वापद् समाजले मानवीय र आर्थिक दुवैको उच्च मूल्य चुकाउनुपर्ने निश्चित छ । यसकारण पनि यो विषयलाई अतिआवश्यक अनि गम्भीरतापूुर्वक लिन जरुरी भएको विज्ञहरु बताउँछन् । अनि मात्र विश्वले पैसा र जीवन दुवै जोगाउन सक्ने बताइएको छ ।  टाइम