मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुत्केरी हुन नसक्दा स्वास्थ्य केन्द्रमा छटपटाउदै एक गर्भवती

सुत्केरी हुन नसक्दा स्वास्थ्य केन्द्रमा छटपटाउदै एक गर्भवती


बाजुरा – जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका वडा न ३ मेल्डुस्काकी एक गर्भवती महिलाको ज्यान जोखिममा रहेको छ ।  तीन दिनदेखि सुत्केरी व्यथा लागेकी  नगरपालिका–३ मेलढुस्काकी २२ वर्षीया रमिता बोहराको बच्चा जन्माउन नसक्दा ज्यान जोखिममा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । 

गर्भवती बोहराको पाठेघरमा समस्या भएकाले कोल्टीमा सुत्केरी गराउन नसकिने भएपछि जिल्ला बाहिर लैजान रिफर गरिएकोले घरको आर्थिक अवस्था कमजोर भएकाले रिफर गरिएको अस्पतालमा लिन नसकेको श्रीमान रामचन्द्र बोहराले दुखेसो गरेका छन् । जिल्ला बाहिर लिने आर्थिक अवस्था कमजोर भएकाले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जिल्ला अस्पतालमा थप उपचारका लागि रिफर बनाइ मागेर कोल्टीबाट घर लिएको बोहराले जानकारी दिए।

सुत्केरी हुने समय आठ दिन वितिसकेको  बोहरालाई सुत्केरी गराउन कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको भएपनि गर्भवती महिलाको पाठेरघरको मुख नै नखेलेपछि सुत्केरी  गराउन अन्यत्र रिफर गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले बताए । उनले गर्भवती महिलाको पाठेघरमा समस्या नभई बच्चा पाउन पाठेघरको मुख नखुलेका कारण अप्रेशन गरेर बच्चा जन्माउनु पर्ने भएकाले कोल्टीबाट जिल्ला अस्पताल बाजुरामा रिफर गरेको प्रमुख डाक्टर  जैशीले बताए । 

लामो समयदेखि सुत्केरी व्यथा लागेकी गर्भवती महिला बोहराको परिवारमा आर्थिक अभावका कारण कोल्टीबाट घर लिइएको छ । गर्भवती महिलाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय र नगरपालिकासंग समन्वय र गर्न थालेको सोही नगरपालिका–३ का वडाध्यक्ष रामबहादुर बोहराले बताएका छन् । उनले गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धारका लागि पहल भइरहेको वडाध्यक्ष बोहराले बताए ।