मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल जेसिजको आयोजनामा ३ दिने दिगो विकास लक्ष्य सम्बन्धि कार्यशाला सुरु

नेपाल जेसिजको आयोजनामा ३ दिने दिगो विकास लक्ष्य सम्बन्धि कार्यशाला सुरु

'जेसिआईका अन्तराष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर पुनद्धारा उद्घाटन्'


जेसिआईका अन्तराष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर पुनद्धारा उद्घाटन्

काठमाडौं । नेपाल जेसिजको आयोजनामा दिगो बिकाश लक्ष्य (एडिजी) राष्ट्रव्यापी कार्यक्रम सुरु भएको छ । जेसिजका सदस्यहरुलाई दिघो परियोजनाको लागि कसरी काम गर्ने, जेसिजका कार्यहरुलाई कसरी दिगो बिकाश लक्ष्यमा जोड्ने र दिगो विकास लक्ष्यका बारेमा जानकारी गराउने मुख्य उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको दिगो बिकास लक्ष्य कार्यक्रमका राष्ट्रिय निर्देशक सिनेटर आशिष शर्माले बताए ।

कोरोनाको महामारीका बेला भौतीक रुपमा कार्यक्रम गर्न असहज भएपनि अनलाईन जुम मार्फत जेसिजहरुको क्षमता अभिबृद्धी गर्न कार्यशाला आयोजना गरिएको सिनेटर शर्माले बताए । उनले भने हामीले यो कार्यक्रम पूर्णरुपमा निशुल्क गरेका छौँ, यसबाट जेसिजहरुले राम्रो ज्ञान हासिल गर्न सक्ने उनले बताए । साथै उनले कार्यक्रम अवधिभर सक्रिय सहभागी भएर व्यवहारिक जीवनमा लागु हुने गरी सिकाई गर्न समेत आग्रह गरेका छन् ।

कार्यशालामा समुहहरु विभाजन गरी सिकाई गरिने र बिभिन्न समुहहरुबाट आएका अहिलेका आवश्यकता र चुनौतीको बिषयमा कार्य गर्ने मार्गनिर्देशन दिने आयोजकको भनाई छ । जेसिजमा एक बर्ष, एक ब्यक्ती र एक पदको प्रावधान रहेकाले हरेक बर्ष आउने नयाँ नेतृत्वले नयाँ कार्य गर्ने हुनाले दिगो परियोजनाहरुमा आवश्यक ध्यान नपुगेको भन्दै राष्ट्रिय स्तरमै कार्यक्रम संचालन गरिएको कार्यक्रम संयोजक सिनेटर शर्माले बताए ।

मंसिर ४ गते सम्म संचालन हुने कार्यशालामा प्रमुख प्रशिक्षक सयुक्त राष्ट्रसंघका सन्तोष आर्चाय रहेका छन् भने कार्यक्रम जेसिआइ पाटन लेडिको आतिथ्यता भईरहेको छ । कार्यशाला विभिन्न व्यक्तीहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको आथित्य शाखा पाटन लेडीका अध्यक्ष सुष्मा श्रेष्ठले बताईन् ।

एकेडेमीले अहिलेका आवश्यकता, चुनौती, र समाधान सहितका कार्यपत्र तयार गर्नेछ । साथै उक्त कार्यपत्रमा कुन कार्य कुन समयमा कसरी गर्ने भनेर पनि समाबेश गरीने छ । एकेडेमीबाट निर्माण भएका कार्यपत्रलाई आगामी नेतृत्वलाई हस्तन्तरण गरी दिगो बिकाश लक्ष्य प्राप्तिको लागी नेपाल जेसिजलाई आगमी दिनमा राष्ट्रिय स्तरमा योगदान गर्न सघाउ हुने अपेक्षा गरिएको छ ।

कार्यशालाको अन्तराष्ट्रिय कार्यकारिणी उपाध्इक्षद्धारा उद्घाटन् ।

हिजो बेलुकी सुरु भएको कार्यशालाको अन्तराष्ट्रिय कार्यकारिणी उपाध्यक्षले उद्घाटन् गर्नुभएको छ । नेपाल जेसिजको आयोजना तथा पाटन लेडी जेसिजको आथित्यमा सुरु भएको कार्यक्रमको प्रमुख अथितिको रुपमा सहभागी जेसिआईका अन्तराष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसिआई सिनेटर टेरेसा पुनले उद्घाटन गर्नु भएको हो ।

यस्तै कार्यक्रममा नेपाल जेसिजका राष्टिय अध्यक्ष जेसिआई सिनेटर अशोक शंकर लगायत देशका बिभिन्न शाखाबाट ७२ जना भन्दा बढी सदस्यहरुको सहभागीता रहेको दिगो बिकास लक्ष्य कार्यक्रमका राष्ट्रिय निर्देशक सिनेटर आशिष शर्माले जानकारी दिए । हिजो पहिलो दिनको कार्यक्रममा सन्तोष आर्चायले दिगो विकास लक्ष्यका बारेमा सहभागीलाई जानकारी गराएका थिए ।