मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिकन नेपाल मेडिकल प्रतिष्ठानद्धारा बयालपाटा अस्पतालमा अक्सिजन प्लाण्ट हस्तान्त्ररण

अमेरिकन नेपाल मेडिकल प्रतिष्ठानद्धारा बयालपाटा अस्पतालमा अक्सिजन प्लाण्ट हस्तान्त्ररण


अछाम । बपलायाटा अस्पतालमा जडान भएको अक्सिजन प्लाण्टको औपचारिक हस्तान्त्ररण भएको छ । बुधबार एक कार्यक्रमका बिच प्लाण्टको औपचारिक रुपमा हस्तान्त्ररण भएको अस्पतालले जनाएको छ ।

२०७९ माघ २३ गते गते नै उद्घाटन भई सुरु भएको अक्सिजन प्लानण्टको अमेरिकन नेपाल मेडिकल प्रतिष्ठानले बुधबार हस्तान्त्ररण गरेको हो ।

प्रतिष्ठानका अध्यक्ष डाक्टर संगिता बस्नेतले अक्सिजन प्लाण्ट हस्तान्त्ररणको आदिकारिक पत्र बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दिप पाठकलाई हस्तान्त्ररण गरिन् भने कार्यक्रममा न्याय हेल्थ नेपालका कार्यकारिणी कोषाध्यक्ष डाक्टर भाष्कर राज पन्त लगायतको सहभागिता रहेको थियो ।

करिब एक करोड भन्दा बढीको लागतमा जडान भएको अक्सिजन प्लाण्टले प्रति मिनेट २ सय ५० लिटर अक्सिजन उत्पादन र प्रति दिन ४० लिटरको १४ सिलिन्डर भर्न मिल्ने क्षमता रहेको छ ।

अक्सिजन प्लाण्टले अछाम बाजुरा लगायत यस क्षेत्रका बिरामी तथा अन्य अस्पतालहरुलाई समेत सहजता भएको छ भने जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संघ संस्थाले अक्सिजन सिलिण्डर भरेर लिने गरेका छन् ।