मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा परित्याग गरि अछाममा ३ दर्जन बढी कांग्रेस प्रवेश भए

नेकपा परित्याग गरि अछाममा ३ दर्जन बढी कांग्रेस प्रवेश भए


अछाम: अछाममा बिभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्नेको लहर लागेको छ । दुई तिहाइ नेकपाको सरकारले जनालाई मतको अवमुल्यन गरेको भन्दै कांग्रेस प्रबेश गर्नेको लहर लागेको हो ।

आज शनिबार नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी तीन दर्जन बढी नेताकार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । अछामको ढकारी गाउँपालिकाका उनिहरु काङ्ग्रेस नेता एवं ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाको पहलमा नेपाली काँग्रेस प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाइ एक कार्यक्रमका बीच काङ्ग्रेस अछामको पार्टी कार्यालयमा नेपाली काङ्ग्रेस सभापति भरत कुमार स्वार, पुर्व पाटी सभापति मेघराज खड्का, पुष्प बहादुर शाहले ऊनीहरुलाइ सदस्यता कार्ड, माला र अबिर लगाउदै पार्टीमा स्वागत गरेका थिए ।

पाटी प्रवेश गर्दै नवप्रवेशिहरुले ‘लामो समय कम्युनिष्ट पार्टीमा त्याग गरियो, तर उनीहरु जनताप्रति कत्ति पनि उत्तरदायी नभएको महसुस गरेपछि नयाँ उर्जासहित काम गर्न कांग्रेसमा आवद्ध भएको बताए ।

‘जनतालाई जसरी हुन्छ निर्चोने अनि भ्रष्टाचार, वेथिती र विसंगतीमा रमाउने कम्युनिष्ट प्रवृत्तिको अन्त्यका लागि प्रजातान्त्रिक शक्ति नै चाहिने रहेछ भन्ने आज आएर महसुस भएको प्रवेशीहरुको भनाइ थियो ।