मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजका नकरात्मक कुरालाइ न्यूनीकरण गर्न टोल सुधार समिति गठन

समाजका नकरात्मक कुरालाइ न्यूनीकरण गर्न टोल सुधार समिति गठन


अछाम : जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा टोल सुधार समिति गठन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित डाँडागाँउ टोलमा टोल सुधार समिति गठन गरिएको हो । विज्ञापन

समितिले मदिरा सेवन गरि हो–हल्ला गर्ने सर्वसाधारणलाई ३ हजार, कर्मचारी, समाजसेवी र बुद्धिजीवीलाई ५ हजार जरीवाना गरिने र जाँडरक्सी सेवन गरी होहल्ला तथा हिंसात्मक क्रियाकलाप गरेकोे कुनै महिलाले लुकाएमा स्वयम् महिलाले ५ हजार जरिवाना तिर्नुपर्ने निर्णय पारित गरेको बताइएको छ ।

समाजमा हुने गरेका महिला हिंसा, लैङ्गिक विभेद, छाउपडि प्रथा जस्ता कुरीति एवम् कुप्रथा नियन्त्रणका लागि समिति गठन गरिएको बताइएको छ ।

गठित समितिले त्यहाँको प्रहरीको सहायतामा समाजका हिंसात्मक गतिविधि नियन्त्रण गर्ने, अवैध घरेलु मदिरा न्यूनीकरण गर्ने र छाउपडि प्रथा अन्त्य गर्नेलगायतका कामहरुमा सक्रियता बढाउने जनाइएको छ ।