मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संसद् अधिवेशनको तयारी स्वरुप कोरोना परीक्षण धमाधम

संसद् अधिवेशनको तयारी स्वरुप कोरोना परीक्षण धमाधम


काठमाडौं । संसद सचिवालयले संसद् अधिवेशनका लागि तयारी स्वरुप सांसदको कोरोना परीक्षण जारी राखेको छ । 

प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आइतबारबाट सुरु हुने भएपछि सचिवालयले सांसद, कर्मचारी मर्यादापालक ,रिपोर्टिङका लागि आउने पत्रकार,आईटिसी कर्मचारी ,सांसदका स्वीकय सचिव लगायत ७१० जनाको एन्टिजेन परीक्षण गरिसकेको जनाएको छ ।

संसद् अधिवेशनका लागि आइतबार बिहानसम्ममा सबै तयारी पूरा गर्ने जनाएको छ। संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान भएको छ।

हालसम्म गरिएको कोरोना परीक्षणका क्रममा दुई जना मर्यादापालकको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन् । परीक्षणमा एन्टिजोन पोजेटिभ देखिएकालाई होम आइसोलेसनमा पठाइनेछ।

सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभामा सत्ता पक्ष र प्रतिपक्षको सिट छुट्याउने र सबै सांसदको कोरोना परीक्षण गर्ने कार्य बाँकी रहेको जनाएको छ ।

प्रत्येक सांसदको दुई सिटको फरकमा भौतिक दूरी कायम गरेर बैठक बस्ने व्यवस्था भने मिलाइ सकिएको धमलाले जानकारी दिए ।