मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीको मुडेगाउँमा आँप प्रदर्शनी

डोटीको मुडेगाउँमा आँप प्रदर्शनी


डोटीको शिखर नगरपालिका–२ मुडेगाउँका किसानले आँप प्रदर्शनी गरिएको छ। मुडेगाँउका किसानले फलाएका २२ प्रजातिका आँप प्रदर्शनी गरिएको हो।

पर्यटन व्यवसायी तथा मुडेगाउँ म्यान्गो अभियानका अभियन्ता अमरबहादुर शाहीले मुडेगाँउका आँपलाई ब्रान्डिङ गरेर बाहिरी जिल्लामा बिक्रीका लागि पठाइरहेको बताए।

आँपको प्रजातिअनुसार प्रतिकेजी ५० रुपैयाँदेखि ५ सय रुपैयाँमा किसानले बारीबाटै बिक्री गर्दै आएका छन्। मुडेगाँउका २२ जना किसानहरूले करिब १ हजार ५ सय बोट लगाएका छन्।

मुडेगाउँमा मात्रै वार्षिक २० हजार किलो आँप उत्पादन हुने गरेको छ।