मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस साफेबगरको सभापतिमा लाल बहादुर कुँवर बिजयी

कांग्रेस साफेबगरको सभापतिमा लाल बहादुर कुँवर बिजयी


अछाम : नेपाली कांग्रेस साफेबगर नगरपालिका कार्यसमितिको सभापतिमा लाल बहादुर कुँवर बिजयी भएका छन् ।

आईतवार भएको चुनावी प्रतिस्पर्धामा निकटतम प्रतिस्पर्धी भिम कुवरलाई ५७ मतले पछि पार्दै साफेबगर लाल बहादुर कुवर बिजयी भएका हुन ।

बिजयी लाल बहादुर कुवरले १ सय ६८ मत प्राप्त गर्दा भिम बहादुर कुवरले १ सय १ मत ल्याए।

यस्तै उप सभापतिमा गोरख बुढा १ सय ३६ मत ल्यायर बिजयी हुदा निकटतम प्रतिस्पर्धी मेगराज खड्काले १ सय १६ मत प्राप्त गरे।

यस्तै उप सभापतिमै उज्जल बोहरा १ सय २३ मत ल्यार बिजयी हुदा उनका प्रतिस्पर्धी भक्त बोहराले ९३ मत ल्याए।

यसैगरी नगरको सचिवमै शुदर्शन शर्माले १ सय ४१ मत ल्याई बिजयी हुदा प्रतिस्पर्धीहरु अनिल परियार १ सय १८ एकेन्द्र भुल १सय १८ र नहकुल साउले ८७ मत ल्याए।