मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको बाढी पहिराे प्रभावित क्षेत्रको अवस्था बारे गृहमन्त्रीको ध्यानाकर्षण

अछामको बाढी पहिराे प्रभावित क्षेत्रको अवस्था बारे गृहमन्त्रीको ध्यानाकर्षण


अछाम । राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले अछाममा बाढी पहिराेबाट प्रभावित क्षेत्रको अवस्थाका बारेमा गृहमन्त्री बालकृष्ण खाणलाई जानकारी गराएका छन् ।

केही दिन अघि आएको वर्षाका कारण बुढीगंगा नदी र कैलाश खोलाले गरेको कटानका बारेमा गृहमन्त्री खाणलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

उनले बुढीगंगा नदीको कटानका कारण साँफेबगर बिमानस्थल उच्च जोखिम र बिमानस्थल नजिकको सयौं रोपनी जग्गा कटान गरेको बारेमा गृहमन्त्री खाणलाई ध्यानाकर्षण गराए ।

उक्त क्षेत्र राहतका कार्यक्रम र बुढीगंगा नदीको कटान नियन्त्रणको लागि आवश्यक बजेटको व्यवस्थापन गर्न माग गरेका छन् । यस्तै कैलाश खोलाबाट प्रभावित स्थानीय बासिन्दालाई राहतका कार्यक्रममा र रामरोशन जोड्ने सडक पुर्ननिर्माणमा बजेटको लागि माग गरे।

जिल्लाका मुख्य सडक मंगलसेन बेल्खेत सडक, गरिटाड कमलबजार तुर्माखाद, ढकारी सडक, साँफे मेल्लेख, चौखुट्टे चौरपाटी, जैगढ रामारोशन सडकको मर्मत र स्तरउन्नतिका बारेमा पनि राष्ट्रिय सभा सदस्य कुँवरले गृहमन्त्री खाणको ध्यानाकर्षण गराएका हुन।

गृहमन्त्री खाँणले सरकारले बाढी, पहिरामा जमिन र घर गुमाएकालाई पनि राहत दिने र पहिराले जमिन नै बगाएकालाई सरकारले नै जग्गा खोजी गरेर दिने जानकारी गराए ।

केही दिन अघिको लगातारको वर्षाका अछाममा बुढिगङ्गा नदि, कैलाश खोलाको कटानाका कारण ठूलो क्षेती भएको छ । वर्षाका कारण टेलीफोन सेवा, बिजुलि बत्ती अवरुद्ध हुदा स्थानीय बासिन्दा अन्धकार्यमा बस्न बाध्य भएका छन