मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केही दिनयता लगातार तापक्रम घट्दै, चिसो बढ्यो

केही दिनयता लगातार तापक्रम घट्दै, चिसो बढ्यो


काठमाण्डाै – केही दिनयता लगातार तापक्रम घट्दै गएको छ । आज बिहान ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

यो हिजोको तुलनामा झण्डै दुई डिग्री सेल्सियसले कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव १ डिग्री सेल्सियस मापन गरिएको थियो ।

अस्ति १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएकोमा बुधवार १३ दशमलव ५ डिग्री सेल्सियस थियो।

देशका अरु ठाउँमा पनि चिसो बिस्तारै बढ्दै गएको मौसमविद्ले बताएका छन् । ठूलो पानी नपरेसम्म तापक्रम बिस्तारै घट्दै जाने तर ठूलो पानी पर्याे भने एक्कासी न्यूनतम तापक्रम कम भएर चिसो ह्वात्तै बढ्न सक्ने मौसमविद् सजिना शाक्यले बताए ।

तर अहिले पानी पार्ने कुनै प्रणाली नदेखिएकाले तत्काल पानी पर्ने र ह्वात्तै चिसो बढ्ने सम्भावना भने छैन । एक, दुई डिग्री सेल्सियसले तापक्रम घट्दै गएको भए पनि चिसो अनुभव हुन थालेको छ ।

बिहान हुस्सु तथा कुहिरो लाग्न थालेको छ । आज पनि काठमाण्डौसहित देशका केही पहाडी भेगमा हुस्सु लागेको छ । आज गण्डकी र प्रदेश एकका केही ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना छ ।

बाँकी ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसमविद् शाक्यले बताउनुभयो ।