मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतीको नेतृत्वमा प्रदेशका मुख्यमन्त्रीसंग भेटर्वाता

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतीको नेतृत्वमा प्रदेशका मुख्यमन्त्रीसंग भेटर्वाता


धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समीतीले प्रदेश सरकारका मुख्य मन्त्रीसंग भेटवार्ता गरेको छ ।

प्रदेश सभापती बिर बहादुर बलायरको नेतृत्वमा गएको एक टोलीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्ट र भौतिक पूर्वाधार मन्त्री दिर्घ सोडारी संग भेटवार्ता भएको प्रदेश सहमहामन्त्री अम्बिका चलाउनेले बताईन् ।

सहमहामन्त्री चलाउनेका अनुसार मुख्यमन्त्री र भौतिक पुर्वाधार मन्त्री संग भेटका क्रममा प्रदेश सरकारका गतिबिधी र गठबन्धनका बिषयमा छलफल भएको छ ।

बैठकमा प्रदेश समितीले प्रदेश सरकारसंग प्रदेश अन्र्तगतका बिभिन्न जिल्लाका बाढी पिडितलाई अहिलेसम्म राहत र पुन:स्थापना हुन नसकेको भन्दै यसको कार्य तत्काल अघि बढाउन आग्रह गरिएको उनले बताईन् ।

छलपलmका क्रममा मुख्यमन्त्री र मन्त्रीले सकरात्मक हुदैँ रहत र पुन:स्थापनाका लागि काम गरिने बताएका उनको भनाई छ ।

भेटघाटमा कांग्रेस सुदूरपश्चिम प्रदेश सभापती बलायर संगै महामन्त्री मेघराज खड्का, नर नारायण शाह मनु, सहमहामन्त्री अम्बिका चलाउने लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।