मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल नगरपालिकामा गैर सरकारी संस्थाहरुकाे समन्वयात्मक बैठक सम्पन्न

पञ्चदेवल नगरपालिकामा गैर सरकारी संस्थाहरुकाे समन्वयात्मक बैठक सम्पन्न


अछाम । गैरसरकारी संस्थाहरुकाे समन्वयात्मक बैठक पञ्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ ।

पञ्चदेवल विनायक नगरपालिकाकाे अायाेजना तथा वाक नेपाल सेभ द चिल्ड्रेनकाे साझेदारीमा पालिका स्तरीय समन्वयात्मक बैठक नगरपालिकाकाे सभा हलमा सम्पन्न भएको हाे ।

विभिन्न संघसंस्थाहरुद्वारा नगरपालिकामा सञ्चालित परियोजनाबारे जानकारी तथा कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने उदेश्यका साथ नगरपालिकाले उक्त कार्यक्रमको अायाेजना गरेकाे पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझीले जानकारी दिए ।

नगरपालिकाकाे सामाजिक,अार्थिक, सांस्कृतिक तथा ब्यक्तिगत विकासका लागि अाफ्ना कार्ययोजना लागू गरेका अास्था नेपाल,वाक नेपाल,शाेसेक नेपाल दैलेख,मालिका बिकास संघ,सेवक नेपाल,सेभ द चिल्ड्रेनले अाफ्ना कार्यक्रमकाे प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सबै गैर सरकारी संस्थाहरुका प्रतिनिधि तथा नगरपालिकाका विषयगत शाखाका प्रमुख प्रतिनिधिले समन्वय तथा सहकार्यकाे खाँचो रहेको अाैल्याएका छन ।

समन्वयात्मक बैठकमा सबै गैरसरकारी संस्थाहरुलाई सुझाव तथा सल्लाहकाे रुपमा नगरपालिका संग समन्वय गर्दै काम कार्यान्वयन कार्यान्वयन गर्न उप प्रमुख अम्बिका चलाउनेले अनुराेध गरिन ।

लक्षित वर्गहरुका माग तथा अावश्यकताका अाधारमा परियोजना छनाेट गर्नुपर्ने उनलेे सुझाव दिइन् ।

पञ्चदेवल विनायक नगरपालिकाकि उपप्रमुख अम्बिका चलाउनेकाे अध्यक्षतामा सम्पन्न समन्वयात्मक बैठकमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी,वाक नेपाल अछामका अध्यक्ष बल बहादुर केशी,नगरपालिकाका सम्पूर्ण शाखा प्रमुख लगायतकाे सहभागीता रहेको थियो ।