मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटामा प्रथम जिल्ला स्तरिय गोजुरियो प्रतियोगिता सम्पन्न

बयालपाटामा प्रथम जिल्ला स्तरिय गोजुरियो प्रतियोगिता सम्पन्न


बयालपाटाः प्रथम जिल्ला स्तरिय गोजुरियो कराँते प्रतियोगिता बयालपाटामा सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा मदन स्मृति क्लब बयलपाटाले प्रतियोगिता आयोजना गरेको हो ।

स्वास्थ का लागि खेल्कुद रास्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रजातन्त्र दिवस तथा मदन मोहन स्वार को सम्झनामा आयोजितप्रतियोगितामा बिभिन्न उमेर समूहमा प्रतिष्प्रधा गराईएको थियो ।

१० वटा उमेर समूह (६ वर्ष देखी १६ वर्ष सम्म) का खेलाडिहरुविच प्रतिष्प्रधा गराईएकोमा महिला र पुरुष गरि ६० जना विजेतालाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रथम, दृतिय र तृतिय हुने प्रतियोगी लाई मेडल तथा प्रमाणपत्र बितरण गरियको आयोजकको भनाई छ ।क्लब का अध्यक्ष  लोचन मोहन स्वारको अध्यक्षतामा भएको प्रतियोगितामासाफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवर प्रमुख अतिथीरहेका थिए ।

प्रतियोगितामा बिशिस्ट अतिथी साफेबगर नगरपालिकाका प्रमुख प्रशासन अधिकृत लक्ष्मी प्रसाद शर्मारहेका थिए भने प्रतियोगिताको संचालन क्लबका सचिव प्रकाश ताम्राकारलेगरेका हुन् ।