मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ढकारी : अध्यक्षमा ३ जनाको उम्मेदवारी, समाजवादीबाट बुढा, कांग्रेसका साउँद र एमालेबाट शाही  

ढकारी : अध्यक्षमा ३ जनाको उम्मेदवारी, समाजवादीबाट बुढा, कांग्रेसका साउँद र एमालेबाट शाही  


नेकपा (एकीकृत समाजवादी) पार्टीबाट ढकारी गाउँपालिकाको अध्यक्षमा शेरबहादुर बुढाले उम्मेदवारी दिनु भएको छ । उहाँको पार्टीबाट उपाध्यक्षमा देवकला खत्री (चलाउने) उम्मेदवार हुनुहुन्छ । 
अध्यक्षका उम्मेदवार बुढा र उपाध्यक्षका उम्मेदवार खत्री सहित गाउँपालिकाका आठ वटै वडाबाट समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका वडाध्यक्षहरुले पनि मनोनयन दर्ता गराएका छन् । सोमबार मनोनयनका लागि बाजागाजासहित ढकारी बजारमा भव्य र्‍याली निकालेर समाजवादी पार्टीका हजारौं नेता तथा कार्यक्रताहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । 
मनोनयन दर्ताका क्रममा नेकपा   (एकीकृत समाजवादी) पार्टीको तर्फबाट ढकारी गाउँपालिकाको वडा नम्बर १ बाट बमबहादुर बीसीले वडाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ भने वडा नम्बर २ वाट कर्णबहादुर साउँद, वडा नम्बर ३ वाट दानबहादुर बुढा, वडा नम्बर ४ बाट पहलवान थापा, वडा नम्बर ५ बाट तिलक साउँद, वडा नम्बर ६ बाट प्रकाश थापा, वडा नम्बर ७ बाट दिलबहादुर थापा र वडा नम्बर ८ बाट भुवन जैसीले उम्मेदवारी दिनुभएको छ । 
लामो समयदेखि निरन्तर राजनितिमा सक्रिय अध्यक्ष पदका उम्मेदवार शेरबहादुर बुढा स्वच्छ छबीका व्यक्ति भएकालेपनि उहाँप्रति जनलहर उर्लीएको देखिन्छ । अन्य पार्टीका उम्मेदवार भन्दा परिपक्क र अनुभवी तथा निष्ठावान भएकालेपनि कांग्रेस, एमाले, माओवादी, राप्रपा र अन्य दल निकटका मतदाताहरु समेत उहाँको पक्षमा देखिन्छन् । जसका कारण उहाँलाई चुनाव जित्न कुनै समस्या नहुने आंकलन गर्न थालिएको छ । 
२०४३ सालबाट सक्रिय राजनितिमा लागेका बुढा यसअघि २०३२ सालमा तात्कालीन ढुंगाचाल्ना गाउँपञ्चायतको उप–प्रधानपञ्च र २०४३ सालमा ढुंगाचाल्ना गाबिसको अध्यक्ष हुनु भएको थियो । त्यो बेला पहिलो पटक यो क्षेत्रमा विद्यालय, स्वास्थ्यचौकी, प्रहरी चौकि, सामुदायिक भवन, गाबिस भवन, खानेपानी र बिभीन्न गाउँसम्म जोड्ने व्यवस्थीत बाटोहरु निर्माण भएका थिए । त्यसपछि मात्रै पूर्वी अछामको ढकारी क्षेत्रमा समृद्धिको ढोका खुलेको थियो । 
अहिलेसम्म कुनैपनि मुद्वामामिला झेल्नु नपरेको र सामाजिक रुपमा समेत राम्रो प्रतिष्ठा भएका कारण उहाँको पक्षमा व्यापक जनलहर देखिएको छ । उम्मेदवारी मनोनयका क्रममा नेकपा  (एकीकृत समाजवादी) पार्टीका प्रदेश जिल्ला कमिटी सचिव नवराज साउँद, प्रदेश सदस्य भक्तबहादुर शाही, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य मानबहादुर बुढा, कमलसिंह क्षेत्री, भुपेन्द्र बुढा र तिलक साउँद, जिल्ला कमिटी सदस्य देवेन्द्र बुढा, नेगलाल उपाध्याय, दिलबहादुर थापा र उज्जले कामी तथा युवा संघ प्रदेश कमिटी सदस्यहरु जगत थापा, प्रकाश साउँद र भिमबहादुर थापा लगायतको उपस्थीति रहेको थियो । 
मनोनयन दर्ताका क्रममा नेपाली कांग्रेसका तर्फबाट गाउँपालिकाको अध्यक्षमा प्रकाश साउँद र उपाध्यक्षमा नेत्रकला शाहीले उम्मेदवारी दिनुभएको छ भने एमालेबाट अध्यक्षमा धर्मबहादुर शाही र उपाध्यक्ष मायादेबी बुढाले पनि उम्मेदवारी दिनुभएको छ ।