मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय

हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय


अरू दिन बिहान साढे ९ देखि बेलुका साढे ५ बजेसम्म कार्यालय खुल्ने

सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। 

निर्णयअनुसार अब शनिबार र आइतबार दुई दिन बिदा हुनेछ। अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन्।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो।