मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वागी उम्मेदवारलाई कांग्रेसले भोट हाल्न सकिदैन् : केन्द्रिय सदस्य शाह

वागी उम्मेदवारलाई कांग्रेसले भोट हाल्न सकिदैन् : केन्द्रिय सदस्य शाह


नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द वहादुर शाहले संविधानको रक्षा, जनआन्दोलनको बलमा स्थापित गणतन्त्र, प्राप्त उपलब्धिलाईको रक्षाको लागि गठबन्धन भएको धारणा व्यक्त गरेका छन् ।

साँफेबगरमा आयोजित सत्ता गठबन्धनको वैठकमा वोल्दै केन्द्रिय सदस्य शाहले प्रतिगामी चलखेलका विरुद्ध बलियो राजनीतिक मोर्चाको अहिलेका लागि आवश्यक रहेको धारणा व्यक्त गरे ।

गनले राष्ट्रियता, लोकतन्त्र र सविधानको रक्षा गर्दै मुलुकलाई विकासको गतिमा अघि बढाउन गठबन्धनका उम्मेदवारलाई जिताउनको लागि लाग्न आवश्यक रहेको बताए ।

संविधान र लोकतन्त्रलाई नै खतरामा पारे पछि त्यसको रक्षाका लागि गठबन्धन बनेको स्मरण गराउँदै उहाँले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउनको लागि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।
उनले कांग्रेसबाट टिकट नपाएर वागी उम्मेदवार बनेकाको प्रचार प्रसारमा नजानको लागि निर्देशन दिए । पार्टीको नीति विधान विपरित उम्मेदवार बन्ने नेतालाई कार्वाही गरेका कारण लहडका आधारमा कसैको पछाडि नलाग्न समेत आग्रह गरे ।
उनले टिकट नपाएर वागी बनेका उम्मेदवारलाई भोट पनि हाल्न नसकिने धारणा व्यक्त गरे ।

कार्यक्रमका विशिष्ठ अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य अर्जुन ताम्राकारले संवेदनशील बनेर चुनावमा गठबन्धनका उम्मेदवार बिजयी गराउन केन्द्रित हुनु पर्ने धारणा व्यक्त गरे ।

एकिकृत समाजवादीका केन्द्रिय परिषद सदस्य शिलबहादुर कुँवर शिलोजले गठबन्धन राष्ट्रिय आवश्यकता भएका कारण गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउ सवै एक जुट भएर लाग्नुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मनोज रावलले वाम लोकतान्त्रिक गठबन्धनको निर्णयको पूर्ण पालना गरेर अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एव्म साँफेबगर नगर प्रमुख राजेन्द्र कुँवर, महाधिवेशन प्रतिनिधि एव्म प्रतिनिधि सभा सदस्यका उम्मेदवार डम्मर सुनार, एकिकृत समाजवादीका प्रदेश कमिटी सदस्य जितबहादुर नीशानी लगायतको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका नगर सभापति लालबहादुर कुँवरको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका साँफेबगर नगर कमिटी अध्यक्ष रंगबहादुर ठकुल्लाले स्वागत सञ्चालन नेपाली कांग्रेसका नगर सचिव अनिल रैगाईले गरेका थिए ।