मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनको निशुल्क स्वास्थ्य शिविरबाट करिब ३ हजारले सेवा लिए (कुराकानी)

मंगलसेनको निशुल्क स्वास्थ्य शिविरबाट करिब ३ हजारले सेवा लिए (कुराकानी)


अछाम: मंगलसेन नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविरमा २ हजार ९ सय ५६ जनाले सेवा लिएका छन् । स्वास्थ्य सेवामा केहि टेवा पुग्ने अपेक्षा सहित सञ्चालन गरिएको शिविरबाट करिब ३ हजार सेवाग्राही लाभाम्वित भएको सुचना अधिकारी बिष्णु जैसीले जानकारी दिए ।

काठमाडौँ मेडिकल कजेलसंगको सहकार्यमा सञ्चालित १ दिने शिविर निःशुल्क स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, प्रसूति तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया, मुटु रोग, मानसिक तथा नसा रोग, हाडजोर्नी तथा नसा रोग, छाला तथा यौन रोग लगायतको उपचार निःशुल्क गरिएको छ ।

स्वास्थ्य शिविरले ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा ठुलो टेवा पुग्ने बताईएको छ । ७१ जना जटिल प्रकृतिका बिमारीलाई काठमाडौं रेफर गरिएको समेत सुचना अधिकारी जैशीले बताए ।

यसै सन्र्दभमा हामीले मंगलसेन नगरपालिका सुचना प्रविधि अधिकृत बिष्णु जैशी संग कुराकानी गरेका छौँ ।
कुराकानी