मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका अंधिकाश बनमा आगलागी : नियन्त्रणमा छैन् सुरसार

अछामका अंधिकाश बनमा आगलागी : नियन्त्रणमा छैन् सुरसार


अछाम : जिल्लाका अधिकाशं वनहरुमा आगलागी भईरहेको छ । सामुदायिक वन तथा अन्य जंगलक्षेत्रमा आगलागी भईरहेको हो । गर्मियाम सुरु भएसंगै अछामका सामुदायिक वनहरुमा जथाभाबी रुपमा आगलागी भईरहेको छ ।

उपभोक्ताहरुकै लापरबाहीका कारण धेरै जसो सामुदायिक तथा राष्टिय वन क्षेत्रमा समेत आगलागी भईरहेको बुझिएको छ । जिल्लाको क्षेत्र नं. १ को बुढाकोट, गुयलापानी, सिद्देश्वर, गोसेखोला, भिरकोट, सोकट, पायल लगायतका साुमदायिक वन क्षेत्रमा आगलागी भईरहेको छ ।

यस्तै क्षेत्र नं. २ को रानीबन ढकारी, तुल्ता लगायतका क्षेत्रमा समेत आगलागी भईरहेको छ । जथाभाबी हुने आगलागीले बोटबिरुवा, जडिबुटी नास हुनुका साथै, बन्यजन्तु समेत मर्ने गरेका छन् । आगलागीले पानीका मुहान समेत सुक्ने गरेका छन् ।

पछिल्लो समय जलबायु परिर्वतन संगै वायु प्रदूषणको चरम अवस्थामा वन डढेलोले गर्दा लाखौं वन्यजन्तु र बोटबिरुवा विनाश हुनुका साथै मानव जीवनको स्वास्थ्यमा समेत नकारात्मक असर पुगेको डिभिजन वन कार्यालय अछामका प्रमुख भोजरीज शर्माले बताए । “केही व्यक्तिको लापरवाहीका कारण यस्तो अवस्था सिर्जना हुन्छ, यसलाई नियन्त्रणका लागि सबै सचेत बन्नुपर्छ,” उनले भने, “लापरबाहीका कारण पनि डढेलोका घटना बढेका छन् ।”

हिउँदे समय शुरु भएसँगै वन जङ्गलमा डढेलोको जोखिम रहने भएकाले डिभिजन वन कार्यालय अछामले डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेको उनले बताए । चैत वैशाखको समयमा वन जङ्गलमा अत्याधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई जोड दिएपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाई छ ।

“यो समय जङ्गलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता नै उत्तरदायी हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए ।

वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको शर्माको भनाई छ । “डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, नजिकको प्रहरी, सशस्त्र प्रहरी लगायतलाई आग्रह गरेका छौ,” उनले भने ।

वन ऐन अनुसार डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई नोक्सान भएको काठपात बिगो असुल गरी थप १० हजार जरिवाना वा एक बर्ष वा दुबै सजाय हुनसक्ने व्यवस्था रहेको छ । स्थानीय सरकार सचालन ऐन २०७४ अनुसार पालिकाको काम कर्तव्य र अधिकार अन्र्तगत सामुदायिक वन ग्रामिण तथा शहरी वन, धार्मिक वन, कबुलियती वन र साझेदारी बनको संरक्षण, सम्बर्दन, उपयोग अनुगमन र नियमन तथा बन उपभोक्ता समुहको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारकालाई रहेको छ ।

अछाम जिल्लामा १ लाख ६ हजार १ सय ९८ हेक्टर वन क्षेत्र रहेको छ । कुल क्षेत्रफलको ६२.ं७७ प्रतिशत वन क्षेत्र मध्ये करिब ५० प्रतिशत वन सामुदायिक रहेको छ भने बाँकी राष्टिय वनकै क्षेत्रमा रहेको छ । यसको केही प्रतिशत खप्तड क्षेत्रमा पर्ने डिभिजन वन कार्यालय अछामले जनाएको छ ।