मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. सन्तोष उपाध्यायको पहलमा अछाममा ५ दिने बृहत् स्वास्थ्य शिविर आयोजना हुने

डा. सन्तोष उपाध्यायको पहलमा अछाममा ५ दिने बृहत् स्वास्थ्य शिविर आयोजना हुने


अछाम । अछाममा स्वास्थ्य सेवा, शिक्षा तथा सामाजिक सचेतनासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन हुने भएका छन्। डा. सन्तोष उपाध्यायको समन्वय र पहलमा तिहार तथा छठ पर्वपछि अछाम जिल्ला अस्पताल, मंगलसेनसँगको सहकार्यमा ५ दिने बृहत् स्वास्थ्य शिविर आयोजना गर्ने तयारी गरिएको हो।

अछाम जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बेदकुमार चौधरी तथा अस्पतालको टोलीसँगको छलफलपछि स्वास्थ्य शिविर आयोजना गर्ने सहमति भएको जनाइएको छ।

Beam of Hope र अछाम जिल्ला अस्पतालको सहकार्यमा सञ्चालन हुने शिविरमा निःशुल्क शल्यक्रियासहित विभिन्न स्वास्थ्य सेवाहरू उपलब्ध गराइनेछन्। शिविरमा विशेषगरी महिला स्वास्थ्य, आँखा, दाँत, हर्निया लगायतका सामान्य शल्यक्रिया तथा अन्य आवश्यक स्वास्थ्य सेवाहरू प्रदान गरिने बताइएको छ।

स्वास्थ्य सेवासँगै अछामका विभिन्न विद्यालय तथा समुदायलाई लक्षित गरी अन्य सामाजिक कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ। कार्यक्रमअन्तर्गत अछामका थप १० वटा विद्यालयमा पुस्तकालय स्थापना गर्ने योजना रहेको छ।

त्यस्तै, निःशुल्क कानुनी शिविर तथा Financial Literacy, Environment Conservation र Reproductive Health सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गर्ने तयारीसमेत गरिएको छ।

स्वास्थ्य सेवा मात्र नभई शिक्षा, कानुनी सचेतना, वित्तीय साक्षरता, वातावरण संरक्षण र प्रजनन स्वास्थ्यजस्ता विषयमा समुदायको पहुँच र जानकारी विस्तार गर्ने उद्देश्यले कार्यक्रम अघि बढाउन लागिएको आयोजक पक्षले जनाएको छ।

अछामका समुदायमा स्वास्थ्य, शिक्षा र सचेतनाको माध्यमबाट सेवा पुर्‍याउने उद्देश्यसहित सुरु गरिएको पहललाई आगामी दिनमा पनि निरन्तरता दिइने डा. सन्तोष उपाध्यायले बताउनुभएको छ।