सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ । देशकै सात प्रदेशमध्ये सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या उच्च रहेको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा औलो नियन्त्रण कार्यक्रमका अनुसार सुदूरपश्चिम प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ८१ रहेको छ । सुदूरपश्चिम प्रदेशपछि लुम्बिनी प्रदेशमा औलोका बिरामीको सङ्ख्या एक सय ५८ रहेको छ…